लण्डन । स्याङ्जा समाज युकेले क्यान ईन्टरनेशनलको सहयोगमा अल्डरसर्टमा गोर्खा नेपाली समुदायका वरिष्ठ सदस्यहरूलाई कोभिड -१९ को लागि आवश्यक प्याक (मास्क र स्यानीटाइजर) वितरण गरेको छ। गोर्खा समुदायका १०० जना भन्दा बढी वरिष्ठ सदस्यहरुलाई आइतबार मास्क र स्यानीटाइजर वितरण गरिएको हो ।
कार्यक्रममा स्याङ्जा समाज युकेका अध्यक्ष सारदा गुरुङले अग्रजहरु बृद्धबृद्धा सदस्यहरुलाई सहयोगद्वारा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । “सस्थाको राम्रो कार्यका लागि हाम्रो टोली, समुदायका सदस्यहरू र क्यान ईन्टरनेशनलका डा. बलराम ढकाललाई धन्यवाद दिन्छु,” उनले भने ।
क्यान ईन्टरनेशनल तथा स्याङ्जा समाज युकेका महासचिब डा. बलराम ढकालले यहाँ रहेका गोरखा नेपाली समुदायका सदस्यहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । “यस कार्यक्रमलाई सफल बनाउन लागि पर्नु हुने सबैलाई हामी धन्यवाद दिन्छौं। हामी आशा गर्दछौं कि हामी पनि आउँदो दिनमा पनि यस्तै समर्थन राख्न सक्छौं,” उनले भने ।
कार्यक्रममा समाज युकेका अध्यक्ष गुरुङ, उपाध्यक्ष भरत गुरुङ, संरक्षकहरु थर्क सेन, मेजर कुमार गुरुङ, कोषाध्यक्ष विष्णु थापा, वरिष्ठ सल्लाहकार डेभिड गुरुङलगाएत अन्य समुदायको उपस्थिती थियो । स्याङ्जा समाज युके हालै स्थापना गरेको स्याङ्जालीहरुको सामाजिक संस्था हो। क्यान ईन्टरनेशनल बेलायतमा दर्ता भएको परोपकारि संस्था हो र गोर्खा तथा नेपाली समुदायहरुलाई सहयोग गर्दछ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा