मस्को । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।
“खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल युनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ ।
क्लिनिकल अध्ययनका लागि औषधी दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ( जुलाई १५) मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उहाँले बताउनुभयो ।
“उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयम्सेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ,” तारासोभले भन्नुभयो ।
“यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ,” सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भन्नुभयोे ।
स्पुटनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, “खोपको सुरक्षाको पुष्टि भैसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ ।”
लुकाशेभको दावी छ, “खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।”
महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधिजस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । ताराशेभले भन्नुभयो, “हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले (प्रिक्लिनिकल) तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौँ ।”
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश