लण्डन । छोरी-ज्वाइँ भेट्न आएका एक पिताको बेलायतमा निधन भएको छ ।
सुनसरी, इँटहरी घर भएका ७० वर्षीय उद्यमसिंह राईको गत आइतबार ननिटनस्थित जर्ज एलियट अस्पतालनमा निधन भएको स्थानीय ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
उनी पत्नीसहित मार्च १० मा बेलायत आएका थिए । उनी छोरी पिँकी राई लिम्बु र ज्वाइँ हेमराज लिम्बुका साथ ननिटनमा बस्दै आएका थिए । उनलाई मे २५ तारिखका दिन अस्पताल भर्ना गरिएकोमा दुईदिन पछि नै आइसियुमा सारिएको थियो ।
उनको निधन कोभिड १९ बाट भएको भने होइन । शरीरका विभिन्न अंगहरुले काम नगरेका कारण उनको मृत्यु भएको बताइएको छ ।
उनको अन्त्येष्ठी जुलाई १५ तारिखका दिन गरिने बताइएको छ ।
उनी भारतीय सेनाका सेवा निवृत्त सुवेदार मेजर थिए । उनी यसअघि सन् २०१७ मा पनि युके आएका थिए ।
उनमा पहिल्यै विभिन्न स्वास्थ्य समस्या रहेका कारण इन्स्योरेन्सले नब्यहोरिँदा उनको उपचारको बिल समेत परिवारले तिर्नपर्ने भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते