लन्डन । बेलायतस्थित व्यवसायीहरु आवद्ध स्वयंसेवी संस्था, आध्यात्मिक योग समूहले नेपालका विभिन्न ५ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।बिहीबार आयोजित एक भर्चुयल बैठकमा समूहका संयोजक कुल आचार्यले आफुहरुले संकलन गरेको साढे तीन लाख रुपैयाँ बराबरको रकम सामाजिक कामका लागि पाँच संस्थालाई दिएको जानकारी गराएका हुन ।
प्राचार्य डा. चिन्तामणि योगी मार्फत दाङस्थित शान्ति बाल गृह तथा सप्तरीस्थित बाबा बनखण्डी गुरुकूलमा एक लाख , देवघाटधामस्थित बालबालिकाको पठनपाठनका लागि एक लाख, दोहोरी कलाकारहरुका लागि एक लाख र मुन्द्रे कमेडी क्लब मार्फत सामाजिक कामको लागि ५०,००० रुपैयाँ प्रदान गर्ने निर्णय समूहले गरेको थियो ।
कार्यक्रममा काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि जन्मभूमिलाई नबिर्सन आग्रह गरे । जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौँ भन्दै उनले भने, ‘नेपाल दुख्दा म पनि दुखी बन्नु पर्छ र नेपाल हाँस्दा हाँस्न सक्नु पर्दछ, सर्बकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुदैन । त्यसैले साक्षी भाव राखेर आफुले आफैलाई हेर्नु पर्दछ र आफैसंग रम्नु पर्दछ ।’
समूहका सकृय सदस्यहरु डा. कपिल रिजाल, कृष्ण तिमल्सेना, विश्वआदर्श पण्डित, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, बिराज भट्ट, कृष्ण भट्ट,जीवन ओलीलगायतले बेलायतमा लकडाउन शुरु भए पछि आफुहरुले नियमितरुपमा योग, ध्यान आदि अभ्यास शुरु गरेको र त्यो निकै लाभदायी भएको अनुभव बाडेका थिए । उनीहरुले नेपालका संस्थाहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको समेत बताए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ