लन्डन । बेलायतस्थित व्यवसायीहरु आवद्ध स्वयंसेवी संस्था, आध्यात्मिक योग समूहले नेपालका विभिन्न ५ संस्थाहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ।बिहीबार आयोजित एक भर्चुयल बैठकमा समूहका संयोजक कुल आचार्यले आफुहरुले संकलन गरेको साढे तीन लाख रुपैयाँ बराबरको रकम सामाजिक कामका लागि पाँच संस्थालाई दिएको जानकारी गराएका हुन ।
प्राचार्य डा. चिन्तामणि योगी मार्फत दाङस्थित शान्ति बाल गृह तथा सप्तरीस्थित बाबा बनखण्डी गुरुकूलमा एक लाख , देवघाटधामस्थित बालबालिकाको पठनपाठनका लागि एक लाख, दोहोरी कलाकारहरुका लागि एक लाख र मुन्द्रे कमेडी क्लब मार्फत सामाजिक कामको लागि ५०,००० रुपैयाँ प्रदान गर्ने निर्णय समूहले गरेको थियो ।
कार्यक्रममा काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि जन्मभूमिलाई नबिर्सन आग्रह गरे । जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौँ भन्दै उनले भने, ‘नेपाल दुख्दा म पनि दुखी बन्नु पर्छ र नेपाल हाँस्दा हाँस्न सक्नु पर्दछ, सर्बकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुदैन । त्यसैले साक्षी भाव राखेर आफुले आफैलाई हेर्नु पर्दछ र आफैसंग रम्नु पर्दछ ।’
समूहका सकृय सदस्यहरु डा. कपिल रिजाल, कृष्ण तिमल्सेना, विश्वआदर्श पण्डित, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त क्याप्टेन हितमान गुरुङ, बिराज भट्ट, कृष्ण भट्ट,जीवन ओलीलगायतले बेलायतमा लकडाउन शुरु भए पछि आफुहरुले नियमितरुपमा योग, ध्यान आदि अभ्यास शुरु गरेको र त्यो निकै लाभदायी भएको अनुभव बाडेका थिए । उनीहरुले नेपालका संस्थाहरुलाई सहयोग गर्न पाउदा खुसी लागेको समेत बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा