लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके अध्यक्षमा लक्ष्मि थापाराई (लारा) निर्वाचित भएकी छिन । कोभिड- १९ का कारण आयोजना गरिएको भर्चुअल सातौ अधिवेशनबाट लारा अध्यक्ष चुनिएकी हुन । यसअघि उनी अनेसासमा उपाध्यक्ष थिइन । निर्वाचन आयुक्त तथा संस्थाका सल्लाहकार डा. रुपक श्रेष्ठले लाराको अध्यक्षतामा ११ सदस्यीय सातौं कार्यकारी समिति गठन गरेका हुन । जसमा उपाध्यक्ष राज श्रेष्ठ, महासचिव सन्तोष कार्की, कोषाध्यक्ष सचिन गुरुङ, सदस्यहरूमा सारादेवी गुरुङ, सेमन्त राई, भरत राई, माया गुरुङ, नृपेश उप्रेती, शुलभ श्रेष्ठ र मन्जु भण्डारी निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष लारालगायत सम्पूर्ण पदाधिकारीहरू र सदस्यहरूले संस्थाप्रति कटिबद्ध साथ वफादार रही जिम्मेवारी वहन गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । विश्व कोभिड–१९ बाट प्रभावित भएका कारण अनेसास यूके च्याप्टरले आइतबार ०५ जुलाई २०२० को दिनमा ‘भर्चुअल’ माध्यमबाट संस्थाको सातौँ अधिवेशन सम्पन्न गरेको हो ।
अनेसास यूके च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनलाई संस्थाकी उपाध्यक्ष लाराले स्वागत मन्तव्य दिएकी थिइन । भर्चुअल अधिवेशनमा कोषाध्यक्ष सचिन गुरुङले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।महासचिव सन्तोष कार्की र कोषाध्यक्ष गुरुङले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । सल्लाहकार डा. रुपक श्रेष्ठले अधिवेशन सफलताका लागि शुभकामना दिए ।
दुईचरणमा गरिएको कार्यक्रममा पहिलो चरणमा अधिवेशन तथा दोश्रो चरणमा कविता वाचनको कार्यक्रम रहेको थियो । पहिलो चरणमा बुँदागत केहि विषयहरूमा छलफल भए पश्चात अध्यक्ष सुमलकुमार गुरुङले अनेसास बेलायत च्याप्टरलाई आफ्नो दुई कार्यकालको अवधिमा सहयोग पु¥याउने संस्थाका सबै पदाधिकारीहरू, सदस्यहरू तथा सल्लाहकारहरूलाई धन्यवाद दिए ।
दोश्रो चरणमा कविता वाचनको कार्यक्रममा भरत राई, सेमन्त राई, नृपेश उप्रेती, मन्जु भण्डारी, सन्तोष कार्की, राज श्रेष्ठ, सारादेवी, डा. रुपक श्रेष्ठ, सुनिल संगम, सुमल गुरुङ, माया गुरुङ, शुलभ श्रेष्ठ तथा सचिन गुरुङले सहभागीता जनाएका थिए ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश