युरोप । युरोपबाट संचालित र प्रकाशित युरोप नेपाली खबर डटकमको नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जुम एप प्रयोग गरी आयोजना गरिएको एक विशेष समारोहमा शुभारम्भ गर्नु भएको छ । सो अवसरमा हाल पोर्चुगलमा बस्नु हुने राजकुमार थापा संस्थापक प्रधान सम्पादक रहेको उक्त मिडियाको ग्लोबल टीम पनि घोषणा गरिएको थियो ।
कार्यक्रम बोल्दै मन्त्री भट्टराईले कोरोना भाईरसले गर्दा विश्व नै थलामा परिरहेको बेला संसार भरका संचार माध्यमहरुले अत्यन्त महात्वपूर्ण भूमिका खेलिरहेको भन्दै नेपाली पत्रकारहरुले पनि प्रवासी नेपालीहरुका लागि अतुलनीय योगदान दिइरहेको बताउनु भएको थियो । कोरोना महामारीको यो समयमा एनआरएनए लगायतका संघ संस्था र गैर आवासीय नेपालीहरुले पुर्याएको सहयोग र देखाएको सद्भावका लागि मन्त्री भट्टराईले आभार व्यक्त गर्नु भयो ।
मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीहरुको अवाजलाई बुलन्द गर्नका लागि युरोप नेपाली खबरले महत्वपूर्ण भुमिका खेलोस् भनी शुभकामना दिनुभएको थियो । पत्रिकाको शुभारम्भ कार्यक्रममा शुभकामना दिन विशेष अतिथिहरु फ्रान्सका लागि आवासीय नेपाली राजदूत महामहिम दीपक अधिकारी, लिस्बनका लागि अवैतनिक बाणिज्यदूत मकर हमाल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री केसी र अर्जुनकुमार श्रेष्ठ, महासचिव डा. हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री उपस्थित हुनुहुन्थ्यो । यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व उपाध्यक्ष कुल आचार्य, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश बिष्ट, नेपाल पत्रकार महासंघ युरोप च्याप्टर अध्यक्ष केजिन राइ, बेलायत शाखा अध्यक्ष नरेश खपाङ्गी मगर, पोर्तुगल शाखा संयोजक योगेन्द्र मिलन छन्त्याल, बेल्जियम शाखा संयोजक ओम शर्माले पनि प्रकाशनको शुभकामना दिनु भएको थियो ।
यसैगरी शुभकामना दिन एनआरएनए युरोप संयोजक नारायण आचार्य, सहसंयोजकहरु मुक्त गुरुङ, कृष्ण तिमिल्सिना, आसिसी सदस्यहरु रामशरण सिंखडा, पुरुषोत्तम बोहरा, एनआरएनए पोर्तुगल अध्यक्ष तिलक गैरे नेपालका लागि प्रवासी नेपालीहरुको अभियानका अभियान्ता थोमस बाँस्तोला पनि उपस्थित हुनु भएको थियो । कार्यक्रममा नेपाल, युरोप, अमेरिका, अष्ट्रेलिया, जापान मध्यपूर्व, अफ्रिका लगायतका नेपाली पत्रकार, सामाजिक अगुवा, ब्यवसायीहरु गरी साठी जना भन्दा बढीको उपस्थिति थियो ।
शुभारम्भ कार्यक्रमको अध्यक्षता युरोप नेपाली खबरका सल्लाहकार अमेरिकाका बलराम थापा र संचालन संस्थापक सम्पादक राजकुमार थापाले गर्नु भएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा