३५ प्रवासी नेपाली एकता मंचद्वारा पार्टी एकताका लागि अपील


बेलायत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निकट प्रवासी नेपाली एकता मंच (ओएनयूएफ)हरुले संयुक्त रुपमा पार्टी एकताका लागि शीर्ष नेताहरुलाई अपील गरेका छन् । ३५ प्रवासी नेपाली मंचहरुले शनिवार संयुक्त रुपमा विज्ञप्ति जारी गरी पार्टी एकताका लागि अपील गरेका हुन् ।
नेकपाभित्र सत्ता संघर्ष चकिर्दै जादा पार्टी विभाजनको स्थितिमा अघि बढ्न सक्ने भएका कारण पार्टीको प्रवासअन्तर्गत रहेको ओएनयूएफले संयुक्त रुपमा नेताहरुलाई संयमित रुपमा प्रस्तुत हुदै सुझबुझ पूर्ण काम गर्न आग्रह गरेको हो ।

संयुक्त अपिलसहितको विज्ञप्ति :

अहिले नेकपाभित्र देखिएकाे विवादका सन्दर्भमा संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट प्रेसित साझा प्रेस विज्ञप्ति
………………………………………………………..

प्रेस विज्ञप्ति मिति: असार २०, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आदरणीय कमरेड अध्यक्षद्वय
तथा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय कमिटी, धुम्बाराही, काठमाण्डौं, नेपाल।

नेपाली जनताको संघर्ष र बलिदानी र लामो समयको गठन पुनर्गठनको प्रक्रिया हुँदै नेपाल र नेपाली जनताको सुन्दर भविष्य निर्माण गर्न स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जीवनमा पर्न आएको वर्तमानको संकटपूर्ण अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धति र प्रकृयाबाट अघि बढाउदै कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि बढाउनका लागि पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउदै सार्थक निष्कर्षमा पुर्याउने अठोटसाथ तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गर्दछौं ।

झन्डै दुई तिहाई बहुमतको सरकार संचालन गर्न नेपाली जनताले नेकपालाई दिएको जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले अपेक्षा गरिरहेको कुरा स्मरण गराउन चाहन्छौं । प्रवासका विभिन्न मुलुकहरूमा रहेका हामी प्रवासी नेपाली एकता मंचहरु, पार्टी सदस्यहरू, समर्थकहरू, शुभचिन्तकहरू शिर्ष नेताहरु र दोस्रो पुस्ताका पार्टी नेताहरुलाई ज़िम्मेवारी पूर्वक संयमित भई नेकपाको एकता कामय राख्न आ-आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न हार्दिक अपील गर्दछौं ।

पार्टी एकताको मर्म र भावनालाई आत्मसाथ गर्दै नेतृत्वका कमरेडहरूबाट भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गरी पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गरेर दुई ठुला कम्यूनिस्ट पार्टी वीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।

पार्टी जीवनमा फेरि यस्ता अन्योल र संकटको अवस्था आउन नदिन पार्टीको ऐतिहासिक एकता महाधिवेशनको तयारीमा संपूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूसाई नेतृत्व हस्तान्तरणको प्रकृया अगाडि बढाउदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।

धन्यबाद सहित, संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट :

१. बेलायत
अध्यक्ष : राजेन्द्र पुडासैनी (बेलायत)
सचिव : सुरेश गौतम बेलायत

२. अमेरिका
अध्यक्ष : प्रभु थापा
सचिव : प्रकाश अधिकारी

३. बेल्जिम
अध्यक्ष : जीत लामा
सचिव : वोधराज पौडेल

४. अस्ट्रेलिया
अध्यक्ष : रमेश पाण्डे
सचिव : प्रवीण कंडेल

५. अष्ट्रिया
अध्यक्ष : धर्मराज खतिवडा
सचिव : रविचन्द्र भट्टराई

६. कतार
अध्यक्ष : चानक पोखेरल
सचिव : मोहन कार्की

७. आयारल्याण्ड
अध्यक्ष : सुकमान लामा

८. स्पेन
अध्यक्ष : हेम शेर्पा
सचिव : अशोक किरण न्यौपाने

९. साउदी अवर
अध्यक्ष : शिवराज जैसी
सचिव : राजु खनाल

१०. इटाली

अध्यक्ष : धर्मराज पाण्डे
सचिव : हरीभक्त काराखेती

११. चेक
अध्यक्ष : उत्तम आचार्य
सचिव : यदुराम पन्थी

१२. जर्मनी
अध्यक्ष : चन्द्रकान्त आचार्य
सचिव : शम्भुप्रसाद पोखरेल

१३. पोर्चुगत
अध्यक्ष : गोविन्द पौडेल
सचिव : डोलराज भण्डारी

१४.पोल्याण्ड
अध्यक्ष : टंकबहादुर कटुवाल
सचिव : विनोदकुमार आचार्य

१५. फिनल्याण्ड
अध्यक्ष : कोमल पौडेल
सचिव : मनोज भुषाल

१६. फ्रान्स
अध्यक्ष : भक्त वाग्ले
सचिव : मनोज पौडेल

१७. रुस
अध्यक्ष : डा. मनमूर्ति भुर्तेल
सचिव : इन्द्रप्रसाद भुषाल

१८. स्विट्जरल्याण्ड
अध्यक्ष : अच्युतप्रसाद फूयाल
सचिव : विक्रम केसी

१९. साइप्रस
अध्यक्ष : रमिला राई
सचिव : केशव ठकुरी

२०. नर्वे
अध्यक्ष : विश्वास बजगाई
सचिव : सन्तोष भण्डारी

२१. बहराईन
अध्यक्ष : शालिग्राम पन्त
सचिव : नारायण विक

२२. इजरायल
अध्यक्ष : तिर्थ गौतम
सचिव :अनिरुद्र जोशी

२३. मलेशिला
अध्यक्ष : रमेशप्रसाद तिवारी
सचिव : दयाराम कुमाल

२४. दक्षिण कोरिया
अध्यक्ष : परशुराम सापकोटा
सचिव : दिलिप धिताल

२५. क्यानडा
अध्यक्ष : रमेश थापा
सचिव : अशोक खड्का

२६. डेनमार्क
अध्यक्ष : उदयराज गौतम
सचिव : कृष्ण धानुक

२७.स्वीडेन
अध्यक्ष : मदन ढकाल
सचिव : गंगाप्रसाद घिमिरे

२८. नेदरल्याण्ड्स
अध्यक्ष : प्रेमकाजी गुरुङ
सचिव : थानेश्वर गौतम

२९. कुवेत
अध्यक्ष : राजकुमार थापा
सचिव : मनु भुजेल मगर

३०. ओमान
अध्यक्ष : उमेश विक
सचिव : महेशप्रसाद न्यौपाने

३१. न्यूजिल्याण्ड
अध्यक्ष : आत्माराम खनाल

३२. मकाउ
अध्यक्ष : शीव थापा
सचिव : मनोज धामी

३३. हङकंङ
अध्यक्ष : जे.वि.ओख्राबु
सचिव : भक्त गुरुङ

३४. जापान
अध्यक्ष : हवलचन्द्र लामा
सचिव :सालिकराम भण्डारी

३५. भारत
अध्यक्ष : लोकनाथ भण्डारी
सचिव : ईश्वरी भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री