लण्डन । प्रवासी नेपाली एकता मंच यूके (ओएनयूएफ)ले माउ पार्टी नेपाल कम्यूनिस्ट पार्टी स्थायी कमिटिमा देखिएको विवाद सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरेको जनाएको छ । मंच यूके अध्यक्ष राजेन्द्र पुडासैनीले नेकपाको स्थायी कमिटि भित्रको छलफललाई नजिकबाट हेरिरहेकाले विवादमा सकारात्मक ढंगले टुंगिने अपेक्षा गरेका हुन । “पार्टी जीवनमा ठूलो संकट आएको हो । पार्टीभित्र छलफल बहस हुदै आत्तिनु पर्दैन” पुडासैनीले भने । जनअपेक्षा अनुसार काम हुन नसक्दा वैठकमा यस्ता बिषयमा छलफल हुनु स्वभाविक रहेको उनले बताए ।
“पार्टी एकता तार्किक निष्कर्षमा पुगिसकेको छैन । यस्तो अवस्थामा संगठन, कार्यक्रम र विधिको विकासका बारेमा बहस स्थायी कमिटिमा हुनु स्वभाविक हो” उनले थपे, “सरकारको काम सिंगो कम्यूनिस्ट पार्टीसँग जोडिएका हुनाले पारदर्शिता र जवाफदेहिता खोज्नु स्वभाविक हो ।” उनका अनुसार पार्टी विभाजन भन्दा पनि कमीकमजोरीलाई सुधार गरेर बिधी पध्दतीहरूलाई आत्मसात् गर्दै दुवै अध्यक्षले सुझबुझपूर्ण निर्णय लिनेछन।
मंच यूकेका सचिव सुरेश गौतमले सरकारका कामकारवाही प्रभावकारी नहुदा पार्टीका आधिकारीक फोरम स्थायी समितिमा छलफल हुनु स्वभाविक भएको बताए । “नेकपा विगतमा पनि विभिन्न उतार चढाव पार गर्दै आएकाले दुई अध्यक्ष केपी ओली र प्रचण्डले सुझबुझ पुर्ण निर्णय लिएर जनअपेक्षा अनुसार प्रभावकारी काम गर्ने गरि निकास खोज्ने अपेक्षा हामीले गरेका छौं,” सविच गौतमले भने ।
तत्कालिन प्रवासी नेपाली मंच यूकेका पूर्वमहासचिव तुंगभद्र भुसालले स्थायी समितिबाट प्रधानमन्त्री वा कुनै पनि अध्यक्षलाई हटाउदा त्यो भोली नजिर बन्छ र त्यसले पार्टीमा अस्थिरता ल्याउल्याउने बताए । “ सकेसम्म महाधिवेशनबाट वा कम्तिमा केन्द्रीय कमिटिबाट मात्र त्यस्तो गम्भिर निर्णय लिनु पर्छ । सवै भन्दा उत्तम निर्णय लिने निकाय महाधिवेशन नै हो ,” भुसालले भने । दुई कम्यूनिस्ट पार्टी एमाले र एमाओवादीवीच भएको सहमति अनुसार दुई अध्यक्ष (ओली र प्रचण्ड) ले बरु छिटो भन्दा छिटो महाधिवेशन गरेर निकास खोज्नु उपर्युक्त विकल्प भएको भुसालको सुझाब छ । “सरकारको सन्दर्भमा ससंदीय प्रक्रिया अवलम्बन गर्नृपर्छ,” उनले भने, “त्यो निर्णय लिन विज्ञ नेताहरु अनुभवी नै हुनु हुन्छ ।” उनकाअनुसार राजनीतिमा सरकार गठन र विघटनको अस्थिरता कम्युनिस्ट पार्टी भित्र कहिल्यै नदेखिएकाले दुवै अध्यक्षले गम्भिर छलफल गरेर निकास दिनुपर्छ ।
नेकपाको जारी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री ओलीले जनअपेक्षा अनुसार काम गर्न नसकेको र गुटमा रमाएको आरोप लगाउँदै दुई तिहाई सदस्यले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा मागेपछि नेकपामा संकट देखिएको छ । यद्यपी मध्यमार्गी नेताहरुले अध्यक्ष ओली र प्रचण्डले पार्टीलाई विभाजन तिर नलगि निकास दिनुपर्ने सुझाएका छन ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते