लण्डन । करिब ३० लाख हङकङबासीलाई बेलायतको नागरिकता दिइने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज सो घोषणा गरेका हुन् ।
चीन सरकारले हङकङमा नयाँ सुरक्षा कानुन ल्याएपछि बेलायत सरकारको सो घोषणा आएको हो । यसअघि गत महिना सो कानुन चिनियाँ संसदमा पेश हुँदा बेलायती विदेशमन्त्री करिब ३ लाख हङकङमा रहेका बेलायती राहदानीबाहकलाई बेलायतको नागरिकता दिने बताएका थिए ।
सरकारले पाँच वर्षको अवधिमा उनीहरुलाई बेलायतको नागरिकता दिने योजना बनाएको छ ।
बेलायत सरकारले पूर्व उपनिवेशका रुपमा रहेको हङकङमा जन्मिएकाहरुलाई ब्रिटिश न्यानशल ओभरसिज (बीएनओ)राहदानी दिएको थियो । सो राहदानीका आधारमा उनीहरु बेलायत आउन र छ महिनासम्म बसोबास गर्न पाउँथे ।
सरकारको योजनाअनुसार बीनीओ पासपोर्टबाहक र उनीहरुका आश्रितहरुलाई पाँच वर्षका बेलायतमा आइएलआर दिइनेछ । जसबाट बेलायतमा काम गर्ने हक, पढ्न पाउने हक मिल्नेछ । यसपछि उनीहरुले नागरिकताका लागि आवेदन गर्नसक्नेछन् ।
बेलायत सरकारले आज गरेको घोषणाबाट हङकङमा रहेका बीएनओ पासपोर्टबाहक नेपालीहरु र उनीहरुका आश्रितहरुलाई पनि बेलायत आउने बाटो खुल्नेछ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त