लण्डन । करिब ३० लाख हङकङबासीलाई बेलायतको नागरिकता दिइने भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज सो घोषणा गरेका हुन् ।
चीन सरकारले हङकङमा नयाँ सुरक्षा कानुन ल्याएपछि बेलायत सरकारको सो घोषणा आएको हो । यसअघि गत महिना सो कानुन चिनियाँ संसदमा पेश हुँदा बेलायती विदेशमन्त्री करिब ३ लाख हङकङमा रहेका बेलायती राहदानीबाहकलाई बेलायतको नागरिकता दिने बताएका थिए ।
सरकारले पाँच वर्षको अवधिमा उनीहरुलाई बेलायतको नागरिकता दिने योजना बनाएको छ ।
बेलायत सरकारले पूर्व उपनिवेशका रुपमा रहेको हङकङमा जन्मिएकाहरुलाई ब्रिटिश न्यानशल ओभरसिज (बीएनओ)राहदानी दिएको थियो । सो राहदानीका आधारमा उनीहरु बेलायत आउन र छ महिनासम्म बसोबास गर्न पाउँथे ।
सरकारको योजनाअनुसार बीनीओ पासपोर्टबाहक र उनीहरुका आश्रितहरुलाई पाँच वर्षका बेलायतमा आइएलआर दिइनेछ । जसबाट बेलायतमा काम गर्ने हक, पढ्न पाउने हक मिल्नेछ । यसपछि उनीहरुले नागरिकताका लागि आवेदन गर्नसक्नेछन् ।
बेलायत सरकारले आज गरेको घोषणाबाट हङकङमा रहेका बीएनओ पासपोर्टबाहक नेपालीहरु र उनीहरुका आश्रितहरुलाई पनि बेलायत आउने बाटो खुल्नेछ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते