लण्डन । स्कटल्याण्डमा विगत तीन दिनमा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छैन ।
स्कटल्याण्डकी प्रथम मन्त्री निकोला स्टरजनले स्कटल्याण्ड कोरोना भाइरस मुक्त हुन दिशामा नजिकै पुगेको बताएकी छिन् ।
स्कटल्याण्डमा हालसम्म कोरोना संक्रमणबाट २ हजार ४८२ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमण हुनेहरुको संख्या १८ हजार २३६ रहेको छ । आइतबार घोषित विवरणमा गत २४ घन्टामा ८ जनामा नयाँ संक्रमण देखिएको बताइएको छ ।
संक्रमित भई अस्पताल भर्ना भएकामध्ये ४ हजार ५० जना निको भई घर फर्किसकेका छन् । हाल ४६० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५ जना सघन उपचार कक्ष (आइसियु) मा उपचाररत छन् ।
आइतबार ट्वीटमार्फत प्रथम मन्त्री स्टरजनले लगातार तीन दिन कोरोना संक्रमणबाट कसैको ज्यान नगएको जानकारी दिँदा आरामको अनुभूति भएको बताएकी छिन् । उनले सबै मिलेमा कोरोना नियन्त्रण गर्न सकिने पनि उल्लेख गरेकी छिन् ।
कोरोना संक्रमणको संख्या घट्दै गएपछि लकडाउन खुकुलो हुँदै जाने अपेक्षा गरिएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त