जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३६९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६९० जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८५१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ३ लाख ८५ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित