लण्डन । नेपाल सरकारसित समन्वय गरी ब्यवस्थापन गरिएको चार्टर फ्लाईटभन्दा लण्डनबाट काठमाडौँ जान अनलाइनमा खोजी गर्दा हवाईजहाजको भाडा दर सस्तो भेटिएको छ ।
यसअघि लण्डनस्थित नेपाली दुताबाससमेतको पहलकदमीमा जुन २६ र २८ मा गरिएको जजिरा एयरवेजको चार्टर उडान तथा आगामी २९ जुन र २ जुलाई गरी युके तथा युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन ट्राभल्स कन्सोलले तय गरेको भन्दा निकै सस्तो दररेटमा अनलाइनमा दुईतर्फी टिकट पाइएका छन् । अनलाईन सर्च इन्जिन गुगलमा खोजी गर्दा थुप्रै अनलाईन टिकेटिङ प्लाटफर्महरुले सस्तो भाडादरमै बेलायतबाट काठमाडौंका लागि उडान भरिरहेका छन् ।
हवाइ उडानमा विश्वभर नाम कमाएको कतार एयरवेजले नै करिब ९ सय पाउण्ड भन्दा सस्तोमा दुईतर्फी उडान भरिरहेको छ । तर ती अनलाईनमा देखाइएका टिकटहरुमा ट्रान्जिटमा कनेक्टिङ फ्लाईटका लागि केही लामो समय खर्चिनु भने पर्नेछ । ओपोडो, चिप फ्लाईट,स्काई स्क्यानर, कायकलगायतका अनलाईनमा त्यस्ता टिकटहरु पाउन सकिन्छ । तर, ती फ्लाईटहरुका लागि दुई साता अघिको योजना बनाउनु पर्नेछ ।
हाल नेपाल सरकारले सीमित एयरलाइन्सलाई मात्र अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिएको छ । त्यसमध्ये कतार एयरवेज एक हो ।
सरकारले उद्धारका लागि गत २४ र २६ जुनमा बेलायतबाट उडान भर्न अनुमति दिएको जजिरा एयरवेजले एकतर्फी भाडा नै ९ सय ४० पाउण्ड लिएको थियो । त्यस्तै, जुन २९ र २ जुलाईका लागि तय भएको कतार एयरवेजकै चार्टर फ्लाईटका लागि १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म भाडा तोकिइएको छ ।
उता नट जष्ट ट्राभल्स युकेका निर्देशक विष्णु सुब्बा भने टिकेटिङ प्राइस कम्पेरिजन साइटहरुमा देखाइएको मूल्यमा टिकट प्राप्त हुन सक्ने सम्भावना कम रहेको बताउँछन् । त्यस्तै त्यस्ता उडानहरु रद्द हुने सम्भावना पनि उत्तिकै रहने अनि पैसा फिर्ताको प्रक्रिया पनि झन्झटिलो हुनसक्ने जोखिम उनी ओैँल्याउँछन् । उनी भन्छन्, ‘सके सीधा एयरलाइन्सबाट वा आफूले चिनेको एजेन्सीबाट टिकट लिँदा कम तनाव हुन्छ ।’
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त