लण्डन । नेपाल सरकार समन्वयमा बेलायतस्थित एक ट्राभल्स एजेन्सी ट्राभल्स कन्सोलले युरोपबाट थप नेपालीहरुलाई स्वदेश फर्काउन पुनः दुई दिन चार्टर फ्लाईट गर्न लागेको छ ।
आगामी २९ जुन र २ जुलाई गरी युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागेको ट्राभल्स कन्सोलका निर्देशक विराज भट्टले जानकारी दिए ।
उनका अनुसार विदेश अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने युरोपमा रहेका नेपालीहरुलाई लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्रयांकफोर्ड, वोस्लो, आमस्ड्रम , पेरिस, म्याड्रिड, रोम, एथेन्स, जुरिच, ब्रसेल्स र कोपनहेगनबाट कनेन्टिङ फ्लाईटमार्फत दोहार हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको हो ।
“सबै फ्लाइट कतार एयरवेजमार्फत गरिनेछ । चार्टर फ्लाईटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्नेछ”, निर्देशक भट्टले भने , “गन्तव्यअनुसार दोहामा केही लामो समय ट्रान्जिट पर्न सक्छ । तैपनि हामी यसलाई छोटो बनाउने प्रयासमा छौँ ।”
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै