लण्डन । नेपाल सरकार समन्वयमा बेलायतस्थित एक ट्राभल्स एजेन्सी ट्राभल्स कन्सोलले युरोपबाट थप नेपालीहरुलाई स्वदेश फर्काउन पुनः दुई दिन चार्टर फ्लाईट गर्न लागेको छ ।
आगामी २९ जुन र २ जुलाई गरी युरोपबाट नेपालीहरुलाई स्वदेश फर्काउन लागेको ट्राभल्स कन्सोलका निर्देशक विराज भट्टले जानकारी दिए ।
उनका अनुसार विदेश अलपत्र परेका वा जरुरी कामले नेपाल फर्किनु पर्ने युरोपमा रहेका नेपालीहरुलाई लण्डन हिथ्रो, म्यान्चेस्टर, फ्रयांकफोर्ड, वोस्लो, आमस्ड्रम , पेरिस, म्याड्रिड, रोम, एथेन्स, जुरिच, ब्रसेल्स र कोपनहेगनबाट कनेन्टिङ फ्लाईटमार्फत दोहार हुँदै काठमाडौं पुर्याउने व्यवस्था गरिएको हो ।
“सबै फ्लाइट कतार एयरवेजमार्फत गरिनेछ । चार्टर फ्लाईटको भाडा दर १ हजार १५० देखि १ हजार ३ सय यूएस डलरसम्म पर्नेछ”, निर्देशक भट्टले भने , “गन्तव्यअनुसार दोहामा केही लामो समय ट्रान्जिट पर्न सक्छ । तैपनि हामी यसलाई छोटो बनाउने प्रयासमा छौँ ।”
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’