लण्डन । बेलायतस्थित नेपाली दुतावासले कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुको उद्धार गरी दोस्रो चार्टर फ्लाइटमार्फत स्वदेश फर्काउन लागेको छ । नेपाल सरकारले दुतावासको सहयोगमा गत बुधबार पहिलो चार्टर फ्लाइट गरेको थियो भने आज शुक्रबार दोस्रो पटक उडान भर्न लागेको हो । २६ जुनमा लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो २:५० नेपाल उडान भर्नेछ ।
बेलायतस्थित ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबार १ सय ४६ जना नेपालीहरुले उडान भरी सुरक्षित नेपाल पुर्याएको थियो । बेलायतस्थित नेपाली दुताबासका प्रवक्ता शरदराज आरनले समयमै टिकट काट्न अलपत्र नेपालीहरुलाई आग्रह गरेका थिए । पहिलो चरणमा १ सय ५८ जनालाई नेपाल पठाउने भनिए पनि विमानस्थलमा १ सय ४६ जना मात्र पुगेका थिए ।
पहिलो चार्टर फ्लाईटमा नेपालीहरुलाई विदाई गर्न संयुक्त अधिराज्य बेलायतको लन्डनस्थित नेपाली राजदूत डा। दुर्गावहादुर सुवेदी, प्रवक्ता आरन, दुतावासका कर्मचारीहरु, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, पूर्वउपाध्यक्ष शेर सुनारलगायतका सामाजिक अगुवाहरु लण्डन ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
नेपाली दुताबास तथा गैरआवासीय नेपाली संघमार्फत करिब ४ सय ५० नेपालीहरुले नेपाल फर्कन इच्छा व्यक्त गरेका थिए । तर पछिल्लो समयमा भने एकतिहाइले नेपाल फर्कने मनसाय त्यागेका छन् । एकतर्फी टिकटको मूल्य अत्यधिक भएका कारण कतिपय व्यक्तिहरुले अन्तिम समयमा आएर टिकट काटेका थिएनन् । बेलायतबाट नेपाल जाने टिकटको ९ सय २० पाउण्ड भाडा दर तोकिए पनि ९ सय ४५ पाउण्ड लिएको कतिपय यात्रुले बुधबार विमानस्थलमा गुनासो गरे । यसरी जजिरा एयरवेज मार्फत नेपाल जानेहरुले सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्नेछ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]