
काठमाडौं । विश्वकै सबैभन्दा सानो उमेरमा चलचित्र निर्देशन गर्ने रेकर्ड नेपालका सौगात विष्टले बनाएका छन् ।
आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स्बाट पाएको विश्वकै कान्छा निर्देशक भएको प्रमाणपत्र उनले देखाए । आठ वर्षका निर्देशक विष्टले ‘लभ यु बाबा’ नामक चलचित्र निर्देशन गरेका थिए ।
उक्त चलचित्रको मङ्सिर २६ गते प्रदर्शनी गरिएको थियो । सम्झना पोखरेल निर्माता रहेको सो चलचित्रमा निर्देशकका पिता गजित विष्ट र दिदी संगम विष्टको मुख्य भूमिका रहेको छ ।
डिल्लीबजारस्थित सूर्यदेव ज्योति विद्यालयमा कक्षा २ मा अध्ययनरत विष्ट आगामी दिनमा समेत चलचित्र निर्देशन गर्ने लक्ष्य रहेको बताउँछन् । उनले आफूले निर्देशन गरेको पहिलो चलचित्रलाई दर्शकले त्यति नरुचाएपनि पुनः चलचित्र निर्देशनलाई भने निरन्तरता दिने बताए ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विष्ट राष्ट्रको गौरव भएको बताउँदै उनको चलचित्रलाई पुनः प्रदर्शनी गर्न सरकारी निकायबाटै पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
विष्टका पिता गजित विष्टले छोराले पहिलो पटक चलचित्र निर्देशन गर्ने भनेको सुन्दा आफूलाई पत्यार नलागेको भएपनि अहिले विश्वमा नै रेकर्ड राख्दा आफू अत्यन्त खुशी भएको बताए ।
निर्देशक विष्ट पहिलो पटक एउटा विज्ञापनमा खेलेर यस क्षेत्रमा लागेका थिए । पाँच वर्षकै उमेरमा उनले ‘जन्मभूमी’ नामक चलचित्रमा अभिनय गरेका थिए । परिवार नै चलचित्रको क्षेत्रमा लागेकाले पनि आफ्नो रुचि यसतर्फ बढी रहेको उनले बताए ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय