लण्डन । बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापामगरको बेलायतको अल्डरसटस्थित प्रिन्सेस पार्कमा बनाउन लागिएको शालिकका लागि नेपाली समुदायबाट १ लाख पाउण्डभन्दा बढीको प्रतिवद्धता व्यक्त भएको छ ।
शालिक निर्माणका लागि गठित समितिका प्रवक्ता ओमप्रसाद थापाका अनुसार बिहीबार बिहानसम्ममा ८९ जना दाता व्यक्ति वा संघ संस्थाबाट जनही १ हजार पाउण्डभन्दा बढीको प्रतिवद्धता प्राप्त भइसकेको छ ।
समितिले १ हजार पाउण्डभन्दा बढी चन्दा दिने १२५ जना दाताको नाम शालिकसँगै शिलालेखमा अंकित गर्ने घोषणा गरेकोमा अब ३७ जना व्यक्ति वा संस्थाको मात्र नाम टङ्कन गर्न सकिने उनले जानकारी दिए । ‘प्रथम भिसीको सालिकका लागि प्राप्त हुने सहयोग अस्वीकार गर्दैनौँ तर शिलालेखमा १२५ वटाभन्दा बढी स्थान दिन असमर्थ छौँ’ उनले भने ।
१२५ स्थानमा अब बाँकी स्थान पहिले आउनेलाई प्राथमिकताका आधारमा दिइने उनले बताए ।
शालिक निर्माणको लागि १ लाख २५ हजार पाउण्ड लाग्ने पूर्वानुमान गरिएको छ । जसमा आधा रकम शालिक बनाउनका लागि लाग्ने छ ।
प्रक्षेपण गरिएभन्दा बढी सहयोग उठेको खण्डमा के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा थापाले गोरखा वेलफेयर ट्रष्ट र स्थानिय च्यारिटीलाई दिने बताए ।
शालिक निर्माणमा स्थानीय रसमुर काउन्सिलले स्थान तथा मर्मतसम्भारको जिम्मा लिएको छ भने ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत नेपाली समुदायले शालिक निर्माण र प्रतिस्थापनवापत लाग्ने खर्चको जिम्मा लिएका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते