लिस्बन । पोर्चुगलको राजाधानी लिस्बोनबाट गत जुन १७ तारिख देखि हराइ रहेका सिद्दान्त गुरुङ मृत अवस्थामा भेटिएको प्रहरीले आज जानकारी गराएको छ । प्रहरीका अनुसार सोही दिन राति करिब २२:३० बजे लिस्बनको ओरियन्तको नदीमा आफ्नो मोबाईल खसेकोले उक्त मोबाईल झिक्न ज्याकेट खोलेर नदीमा हाम्फालेको र प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उद्दार गरेर बाहिर निकाल्दा सम्म सिद्दान्तको प्राण गै सकेको थियो ।
शब पोस्टमार्टमका लागि लिस्बनको मार्तिमुनिजको साओ जोसे हस्पिटलमा राखिएको छ । अदालती प्रकृया पुरा गरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले आफ्नो फेसबुक वाल मार्फत जनाएका छन् । १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका सिद्धान्त गुरुङ ८ दिन पछि मृत अवस्थामा फेला परेका छन ।
गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आईरहेका थिए । गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त लगायत सबैतिर सोधपुछ गरेका थिए। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिएका थिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिएका थिए।
८ औं दिनपछि पोर्चुगल प्रहरीले गुरुङ मृत अवस्थामा फेला परेको जानकारी दिएको छ। गुरुङको शव पोस्टमार्टमका लागि पोर्चुगलको मार्तिमुनिजमा रहेको साओ जोसे हस्पिटलमा राखिएको छ । लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु स्तब्ध बनेको छ । सन् २०१० देखि हालसम्म पोर्चुगलमा विभिन्न कारणले ३७ नेपालीहरुले आफ्नो ज्यान गुमाइ सकेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]