लण्डन । गत मार्चको पहिलो साता आसफोर्ड (केन्ट)मा खोलामा मृत अवस्थामा भेटिएका युगल लिम्बुको मृत्युको कारण खोलामा खसेर भएको निचोड स्थानीय कोरोनरले निकालेको छ ।
सोमबार आर्कविसप पालेस मेडिस्टोनमा भएको तहकिकातमा सो निस्कर्ष निकालिएको हो ।
स्थानीय केन्ट अनलाइनका अनुसार सो घटनाका बारेमा अनुसन्धान अधिकृत क्रिष्टी ब्रिकनेलले तहकिकातमा भनिन् ‘सो घटना भएको दिन लिम्बु एक्लै सधैँ आसफोर्ड टाउनबाट घर फर्किने बाटोबाट घर आउँदै थिए ।’ घर आउनुपूर्व लिम्बुले साथीहरुसँग स्थानीय एक नेपाली रेष्टुरेन्टमा ह्विस्की खाएका थिए । प्रहरीले तहकिकातमा उनी धर्मराउँदै घर फर्किरहेको सिसिटिभी फुटेज पनि देखाएको थियो ।
अनुसन्धान अधिकृत ब्रिकनेलले लिम्बु धर्मराउँदै हिँड्ने क्रममा खोलामा खसेको हुनसक्ने कारण पेश गरेकी थिइन् । तर उनी कसरी, कहाँबाट खोलामा खसे भन्ने सिसिटिभी क्यामेरा त्यस क्षेत्रमा नरहेकाले फुटेज भने प्रस्तुत गरिएन । ब्रिकनेलले उनी घर फर्कने बाटोमा रहेको काठे पुलमा दुवैतिर पूर्णरुपमा बार नलगाइएको र सो क्षेत्र रातमा अँध्यारो हुने गरेकाले त्यहीँबाट उनी खसेको हुनसक्ने तर्क गरेकी थिइन् ।
सहायक कोरोनर सोनिया हेजले अनुसन्धान अधिकृतले दिएको प्रमाण र तर्कहरुमा विश्वास लागेको निस्कर्ष सुनाएकी थिइन् । उनले भनिन् ‘उपलब्ध प्रमाणहरुले युगलसित कुनै आर्थिक संकट नरहेको, उनी एक्लो पनि नरहेको र खुशी रहेकाले उनले आफैँले प्राण त्याग्ने कुनै कारण देख्दिनँ ।’ उनले थपिन्, ‘उनको मृत्युमा कुनै तेस्रो पक्षको संलग्नता रहेको प्रमाण पाइएन र उनको रगतमा पाइएको अल्कोहलको मात्राका कारण उनको मृत्यु दुर्घटनाका कारण भएको भन्ने प्रमाणमा म सन्तुष्ट छु ।’
उनले लिम्बु खसेको भनिएको काठे पुलबाट भविष्यमा यस्ता दुर्घटना नहोस् भनेर दुवैतिर पूरा बार लगाउन सम्बन्धित निकायलाई आदेश दिने पनि बताइन् ।
लिम्बुको मृत्युको कारणबारे प्रस्तुत पोष्टमार्टम रिपोर्टमा उनी खोलामा खस्नासाथ हृदयघात भएको बताइएको छ ।
गत मार्च ६ तारिख शनिबारका दिन उनी घर नफर्किएपछि परिवारले उनको खोजीको अपील गरेको थियो । विस्तृत खोजतलासपछि प्रहरीले मार्च ९ मा उनको शव खोलामा भेट्टाएको थियो ।
हङकङमा जन्मिकएका ३३ वर्षिय लिम्बुको बेलायती सेनामा भर्ती हुने धोको थियो ।
उनी सन् २०१६ मा आमाबुबाका साथ बेलायत आएका थिए । पछिल्लो समय उनी स्थानीय टाउन सेन्टरमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए ।
परिवारले उनी ‘तीक्ष्ण’ र ‘दयालु मानिस’ भएको बताएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त