लण्डन । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा होटल, रेष्टुराँहरु खुल्न लागेका छन् । यसैगरी सरकारले सामाजिक दुरीलाई पनि घटाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आज संसदमा बोल्दै रेष्टुराँ, होटल, पब, कपाल काट्ने सैलुन, म्यूजिम, ग्यालरीहरु जुलाई ४ तारिखदेखि खोल्ने घोषणा गरे । यस्तै, पुस्तकालयहरु, मन्दिर, मस्जिद, चर्च लगायतका प्रार्थना स्थलहरु, क्यान्टिनहरु जुलाई ४ बाट खुल्ने उनले बताए । उनले सम्भव भएको ठाउँमा २ मिटर र सम्भव नभएको ठाउँमा सामाजिक दुरी १ मिटर कायम गरे पुग्ने बताएका छन् । तर त्यस्तो अवस्थामा अनिवार्यरुपमा मास्क लगाउनु पर्ने उनले प्रष्ट पारे । तर स्कटल्याण्ड तथा वेल्समा भने तत्कालका लागि सामाजिक दुरी २ मिटर नै रहने बताइएको छ ।
यसैगरी जुलाई ४ देखि दुई परिवार भेट्न र बास बस्न सक्ने तर सामाजिक दुरी कायम गर्ने पर्ने पनि बताए ।
उनले यी निर्णयहरु परिस्थिति हेरी फिर्ता गर्न सकिने पनि बताएका छन् ।
यस्तै होलिडे पार्क, बेड एण्ड ब्रेकफास्ट, क्याराभानहरु पनि जुलाई ४ देखि खुल्न सक्ने बताइएको छ । रेष्टुरेन्टहरुले ग्राहकको नाम र सम्पर्क लिनपर्ने बताइएको छ । यसबाट कन्ट्रयाक्ट ट्रयासिङमा मद्दत पुग्ने बताइएको छ । यस्तै थियटर र संगीत हलहरुलाई पनि जुलाई ४ देखि खोल्न दिइएको छ तर लाइभ भने गर्न पाइने छैन ।
यसैगरी जुलाई ४ पछि हुने विवाहमा ३० जनासम्म पाहुना लैजान पाइने छ ।
सरकारले नाइट क्लव, क्यासिनो, बलिङ, इन्डोर स्केटिङ, स्पा, नेल बार, ब्युटी सैलुन, मसाज, ट्याटु, पियर्सिङ पार्लरहरु, जीमलगायत फिटनेस सेन्टरहरु, स्वीमिङ पुल,वाटर पार्क, प्रदर्शनी केन्द्रहरुलाई भने अझै खुल्न दिइएको छैन ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित