लण्डन । सरकारले आगामी २४ र २६ जुन तारिखमा बेलायतबाट नेपाल उडान भर्न चार्टर फ्लाइट तय गरेपनि मंहगो भएको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि सामाजिक संजालमा यहाँका नेपालीहरुले सरकारको चर्काे आलोचना गरेका छन । अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी वाहिर देखिएको हो ।
संयुक्त अधिराज्य बेलायतस्थित लन्डन दूतावासले महंगो टिकटका बारेमा अनविज्ञता प्रकट गरेको छ । दूतावासका प्रवक्ता शरदराज आरनले नेपाल सरकार पटर्यटन मन्त्रालयबाटै सवै कुराहरु तय भएर आएको बताए । ‘हामीले बेलायतबाट नेपाल फर्किनु पर्ने व्यक्तिहरुको नाम संकलन गरेर पठाउने र यहाँका समस्याका बारेमा बताउने काम गरेको छौं,’ उनले भने, ‘बेलायतबाट नेपाल उडान भर्ने हवाइजहाज र टिकटका बारेमा सवै पर्यटन मन्त्रालयबाटै निर्णय भएको हो ।’
कोरोना संक्रमणका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । यही मौकामा केही व्यक्तिहरुले पर्यटन मन्त्रालयलाई प्रभावमा पारी पैसा कमाउन लागेको स्रोतको दावी छ । एनआरएनए यूकेले बेलायतबाट नेपाल जान ८ सय ५५ पाउण्डको कोटेसन लिएर बसेको उपाध्यक्ष रामचन्द्र पोखरेलले बताए । तर, कोटेसन दूतावासमा बुझाए पनि थप सोधपुछ नभएको जानकारी उनले दिए ।
‘नेपालबाट कतार एयरवेज हुदै बेलायत ७ सय पाउण्डै म तीन दिन अघि बेलायतय आए,’ एनआरएनए यूके पूर्वउपमहासचिव विनय अधिकारीले भने, ‘नेपाल सरकारले कोरोना संक्रमणका कारण संकटमा परेका नेपालीलाई यसरी आर्थिक भारमा पार्ने काम गलत भएको छ । प्रतिस्पर्धाका एयरवेज छानिएको भए निकै सस्तोमा टिकट आउथ्यो ।’
बेलायतबाट नेपाल उडान भर्ने जिम्मा पाएको जजिरा एयरवेजको टिकेटिङको जिम्मा पाएको सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजको आधिकारीक प्रतिनिधि तोकिएका क्याट यूकेका अध्यक्ष जीवन सेनले मंहगो टिकटका बारेमा अनविज्ञता प्रकट गरे ।’व्यक्तिगत सम्बन्ध मार्फत मैले बेलायतबाट ट्राभल्स एजेन्सीको प्रतिनिधिका रुपमा काम गरेको हु ,धेरै कुरा मलाई थाहा भएन ,’ उनले भने ।
गत साता यहाँस्थित नेपाली दुताबास जजिरा एयरवेजले २४ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० नेपाल उडान गर्ने सुचनासहितको विज्ञप्ती दूतावासले जारी गरेको थियो । जसमा नेपाल जानका लागि भाडादर जनही ९ सय २० पाउण्ड तोकिएको छ । नेपाल सरकारकै निर्णयअनुसार बेलायतबाट नेपाल जान उडान भर्ने पहिलो चार्टर फ्लाइटका १ सय ५८ जना यात्रु हरुलाई र उनीहरुले नेपाल जादा चाहिने कोरोना संक्रमणको रिपोर्टलगायतका कागजातका बारेमा जानकारी दूतावासले दिइ सकिएको प्रवक्ता आरनले जनाए । २६ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० दोस्रो उडान भर्न १५८ जना पनि तय भैसकेको दुतावासले जनाएको छ । यसरी नेपाल जान चाहनेहरुले पीसीआर वा आरडिटी परीक्षणबाट कोरोना नरहेको प्रमाण अनिवार्य पेश गर्नु पर्नेछ । यसरी नेपाल जानेहरुले नेपालमा सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने छ ।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त