लण्डन । इङ्ल्याण्डमा आजदेखि सार्वजनिक यातायातमा हिँडडुल गर्दा अनिवार्यरुपमा मास्क लाउनुपर्ने (अनुहार ढाक्नुपर्ने) नियम लागू हुँदैछ।
यस्तै, अस्पतालका कर्मचारीले, बहिरंगका बिरामीहरुले र अस्पतालमा बिरामी भेट्न आउनेहरुले पनि मास्क लाउनु पर्ने छ ।
विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा मास्क लगाउनु उचित हुन्छ ।
सार्वजनिक यातायात
आजदेखि बस,रेल, फेरी, हवाइजहाजबाट इङल्याण्डमा यात्रा गर्दा कोरोना भाइरस संक्रमणकाे जाेखिम घटाउन मुख ढाक्नैपर्ने हुन्छ । सरकारको नीति अनुसार ११ वर्षमुनीका बालबालिका, अपाङ्गता भएका मानिसहरु, श्वास फेर्न गाह्रो हुुनेहरु र ओठबाट कुराकानी गर्ने मानिससित हिँड्नेहरुलाई यो नियम लागूहुने छैन ।
मुख ढाक्नुपर्ने नियम यात्रा गर्दा मात्र लागू हुने बताइएको छ तर पर्खँदा भने मुख ढाक्नैपर्छ भन्ने छैन । मास्क नलाएको व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न नदिइने र जरिवाना समेत हुनसक्ने बताइएको छ ।
यस्तै क्रुजमा यात्रा गर्दा, ट्याक्सी वा भाडाका सवारीसाधनमा यात्रा गर्दा वा उबरमा यात्रा गर्दा पनि मास्क लगाउन अनिवार्य गरिएको छ ।
उता बेलायतका अन्य भाग वेल्समा सामाजिक दुरी कायम गर्न सम्भव नहुने ठाउँमा मास्क लगाउन अनुरोध गरिएको छ । तर अनिवार्य भने गरिएको छैन । यसैगरी उत्तरी आयरल्याण्ड र स्कटल्याण्डमा पनि मास्क लगाउन सल्लाह दिइएको छ र अनिवार्य गराइएको छैन ।
सरकारले मास्क मात्र नभई अनुहार ढाक्न जुनसुकै वस्तु प्रयोग गर्न भनेको छ । यस्ता वस्तु घरमै बनाउन सकिने पनि बताइएको छ ।
अस्पताल
इङ्ल्याण्डमा आजदेखि अस्पतालमा बिरामी भेट्न जाने तथा बहिरंग सेवाका बिरामीहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ । तर अनुहार नढाकेकै कारण सेवाबाट वंचित भने नगराइने बताइएकाे छ । यदि कसैसित मास्क वा अनुहार छोप्ने वस्तु नभएमा अस्पतालले उपलब्ध गराउने छ ।
एनएचएस इङ्ल्याण्डले आजदेखि बिरामी भेट्न दिने भएको हो । यसअघि बिरामी भेट्न बन्देज गरिएको थियो । तर विभिन्न ट्रष्टहरुले यसबारेमा आफैँले निर्णय गर्ने बताइएको छ ।
यसैगरी, अस्पतालका कर्मचारीले आजदेखि सर्जिकल मास्क अस्पतालका सबैठाउँमा सबै बेला लगाउनुपर्ने छ ।
विश्व स्वास्थ्य संगठन के भन्छ ?
विश्व स्वास्थ्य संगठनको नयाँ निर्देशनअनुसार ६० वर्षमुनीका सबैले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क लगाउनु वा अनुहार ढाक्नु पर्दछ । यस्तैगरी साँघुरो ठाउँमा काम गर्दा पनि यसो गर्नुपर्दछ ।
मास्क लगाउँदा वा अनुहार ढाक्दा त्यसले मुखबाट निस्कने छिटाहरुलाई अवरोध गर्ने गर्दछ ।
विश्व स्वास्थ्य संगठनले ६० वर्षमाथिका वा गम्भीर स्वास्थ्यावस्थाका मानिसका लागि चिकित्सकीय मास्क लगाउन सुझाव दिएको छ । यस्तै कोभिडका संकेत देखिएका र उनीहरुका रेखदेखकर्तालाई पनि यस्ता मास्क लगाउन भनिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]