न्यूयोर्क। संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा वित्तीय समितिको अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई निर्वाचित भएका छन। नेपालका तर्फबाट राष्ट्रसङ्घका स्थायी प्रतिनिधि राई उक्त पदमा सर्वसम्मत निर्वाचित भएका हुन।
संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियोगद्वारा बिहीबार जारी बिज्ञप्तिमा महासभाको ७५ औँ सत्रअन्तर्गत भएको निर्वाचनमा आर्थिक तथा वित्तीय समितिको अध्यक्ष पदमा राई निर्वाचित भएका हुन। बिहीबार भएको निर्वाचनमा निर्वाचित भएको उल्लेख छ। राष्ट्रसङ्घका छ वटा समितिमध्येको यो एक महत्वपूर्ण समिति हो । यसको कार्यकाल एक वर्ष हुने बताइएको छ। यसले विशेष गरी विश्वको समग्र अन्तर्राष्ट्रिय विकाससँग जोडिएका विविध गतिविधिसँग सम्बन्धित रहेर काम गर्छ ।
बिज्ञप्तिमा समितिले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि आर्थिक सहयोग, भूमण्डलीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि आईसीटी, मौसम परिवर्तन, प्रकोपजस्ता र आर्थिक मामिलासम्बन्धी काम गर्छ । विकासशील, अतिकम विकसित तथा साना टापु राष्ट्रजस्ता देशहहरूले सामना गरिरहेका विकासका विभिन्न मुद्दाहरूमा पनि यसले काम गर्छ । यो अवसर नेपालको लागि पहिलो पटक हो । पछिल्ला वर्षहरूमा नेपाल विभिन्न बहुपक्षीय मञ्च तथा विभिन्न जिम्मेवारीहरू सहितको प्रक्रियामा सक्रिय रहेको जनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको काममा थप योगदान पुर्याएर नेपालले आफ्नो सकारात्मक भूमिकालाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्ने महत्वपूर्ण अवसर रहेको विज्ञप्तिमा जनाएको छ । साथै एसिया प्यासिफिक समूह (एपीजी) का सदस्यहरूले नेपालका स्थायी प्रतिनिधि राईलाई समर्थन गरेकोमा र सबै सदस्य राष्ट्रहरूप्रति नेपालमा उनीहरूको विश्वास र विश्वास पुनःस्थापना गरेकोमा नेपाल कृतज्ञ रहेको राष्ट्रका लागि नेपाली नियोगले विज्ञप्तमिा उल्लेख गरेको छ ।
राई मार्च २०१९ देखि नेपालको स्थायी प्रतिनिधिको रूपमा न्युयोर्कमा कार्यरत छन् । यसभन्दा पहिले दक्षिण अफ्रिकामा नेपालका राजदूत र नेपालको विदेश मन्त्रालयका सहसचिवको रूपमा कार्यरत थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते