काठमाडौं। संविधानसभा विघटनको माग गर्दै नेकपा-माओवादी मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आन्दोलन घोषणा गरेको छ । 
मोर्चाको बिहीबार बसेको बैठकले संविधानसभा विघटनको माग गर्दै ‘सर्वपक्षीय अधिकारसम्पन्न राजनीतिक सभा’ का लागि आन्दोलन गर्ने निर्णय गरेको हो।
एमाओवादी नेतृत्वसँग आधारभूत रूपमा नै मुद्दा र एजेन्डा नमिलेकाले सँगसँगै आन्दोलनमा नजाने ३३ दलीय मोर्चाले निर्णय गरेको हो। वैद्य नेतृत्वको मोर्चा पनि एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको मोर्चासँग मिलेको थियो।
माघ ८ मा संविधानसभाको औचित्य सकिएको र आफ्नो सर्वपक्षीय सम्मेलनको मागको औचित्य क्रमशः पुष्टि हुँदै गएको निष्कर्ष निकाल्दै ३३ दलीय मोर्चाले त्यसका लागि दबाब दिन विभिन्न कार्यक्रम गर्ने भएको छ । सोहीअनुसार फागुन १५ गते अन्तक्रिया र फागुन २५ गते काठमाडौंमा प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान