लन्डन । लन्डनस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओकले बेलायतभरका बालबालिकालाई समेट्न अनलाइन गुगल कक्षा संचालन द्ई साता अघिदेखि सुरु गरेको छ । डायस्पोराका बालबालिकालाई अनलाइन मार्फत नेपाली भाषा र सस्कृति सिकाउन अनलाईन कक्षा सुरु गरेको केन्द्रका अध्यक्ष सुमन प्रधानले जानकारी दिएका हुन । अध्यक्ष प्रधानका अनुसार गुगल कक्षामार्फत संसारभर जोड्न सकिने भएकाले यसैलाई अघि बढाइने छ । ‘बेलायतमै जन्मिएका नेपाली बालबालिकाले नेपाला भाषा र सस्कृति भन्ने हाम्रो ध्येय हो’, प्रधानले भने । कोरोना संक्रमणका कारण गत मार्च तेस्रो साता बेलायत लकडाउन परेपछि अचानक केन्द्रले स्थानीय बालबालिकाका लागि हरेक शनिवार संचालन गर्दै आएको नेपाली कक्षा संकटमा परेको थियो ।
‘अभिभावकहरुवीच व्यापक छलफल पछि नयाँ पुस्तालाई नेपाली भाषा र सस्कृतिसँग जोडिरहन अनलाईन कक्षा संचालनको निर्णयमा पुगेको हौं,’ केन्द्रका अध्यक्ष प्रधानले भने । उनका अनुसार कक्षा संचालन अघि अभिभावकहरुले आर्थिक सहयोग जुटाएर पनि बालबालिकालाई नेपाली भाषामा जोडिरहनु पर्नेमा जोड दिएपछि अनलाइनको कन्सेप्ट अघि बढेको छ । केन्द्र च्यारिटेवल संस्था भएकाले गुगलले कक्षा संचालनका लागि निःशुल्क पहुंच दिएको छ ।
कोरोनाका कारण अनिश्चितकाल स्थानीय भएको शनिवारका कक्षा संचालनमा आएपनि अनलाईन कक्षालाई निरन्तरता दिने पक्षमा केन्द्र रहेको छ । ‘हामीले अनललाईन कक्षा मार्फत संसारभरका बालबालिकालाई नेपाली भाषा र सस्कृति सिकाउने छौं भने स्थानीय बालबालिकालाई भौतिक रुपमा भेटघाट गरेरै सिकाउने छांै’, प्रधानले भने, ‘हामीले कक्षा संचालनका लागि स्यायी रुपमा कक्षा उपलव्ध गराउन बन्टओक काउन्सिलमा निरन्तरत प्रायस गरिरहेका छौं । मलाई विश्वास छ, त्यो काममा हामीलाई सफलता मिल्नेछ ।’
बालबालिकाले हरेक शनिवार १० देखि १२ बजेसम्म अनलाइन कक्षा लिइरहेका छन । समूहगत रुपमा दुई वा तीन समूह बनाएर अनलाईन कक्षा संचालन भैरहेका छन । जसमा नयाँ विद्यार्थी र पुराना विद्यार्थीहरुको छुट्टाछुट्टै समूह छ । राज्य डंगोल मूख्य शिक्षिका रहेको कक्षामा करीव २५ जना बालबालिका कक्षामा सकृय रुपमा सहभागी छन । शिक्षिका डंगोललाई वसन्त सिलवाल र भोला पनेरुले सहयोग गरिरहेका छन । भाषा बाहेक नेपाली संगीतमा उमेश खड्काले प्रशिक्षण दिने गरेका छन । कक्षा सुरु हुनुअघि शुम्भु आचार्यले योगा समेत सिकाइ रहेका छन । केन्द्रले सन् २०१६ देखि बालबालिकालाई निरन्तर नेपाली भाषा कक्षा चलाइरहेको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]