लण्डन । ब्रिटिस आर्मीमा नयाँ युवाले यो वर्ष भिड्न नपाउने भएका छन् । कोरोना भाइरसको महामारीले गर्दा ‘रेक्रुट इन्टेक २०२१’ का निम्ति नयाँ दर्ता र क्षेत्रीय छनोट रद्द गरेको बेलायतको ब्रिटिस आर्मी मुख्यालयले जनाएको छ । मुख्यालयले आफ्नो वेबसाइटमार्फत विज्ञप्ति जारी गर्दै यसपटक असहज परिस्थितिका कारण नयाँलाई अवसर दिन सम्भव नभएको जनाएको छ । यसपटक पोहोरको अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएकाहरूले नै मौका पाउने बताइएको छ ।
प्रतिस्पर्धाका निम्ति तयारी रहेका नेपाली युवाहरूले मुख्यालयले आफ्नो निर्णय सच्याउने अपेक्षा गरेका छन् । मुख्यालयका कर्णेल (महासेनानी) तथा ब्रिटिस गोर्खा नेपालका कमान्डर रिचार्ड गुडम्यानले भनेका छन्,‘कोभिड–१९ महामारीका कारण प्रत्यक्ष रूपमा यस वर्षको ‘रेक्रुटिङ’मा हुन आएको फेरबदल स्वागतयोग्य छैन । अहिलेको समयमा भर्नाका गतिविधि सञ्चालन गर्न सम्भव छैन ।
रजिस्ट्रेसन र क्षेत्रीय छनोट रद्द गरेर हामीले नेपाली जनतालाई भाइरस फैलिन रोक्न मानिस, परिवार र समुदायहरूलाई सुरक्षित रहन सहयोग गरिरहेका छौं ।’ छनोट सम्भव नभएका कारण यो नयाँ आवेदकहरूको मूल्यांकन गर्न नपाइएको उनले बताएका छन् । ‘परिस्थिति अनुकूल भए हामी यो वर्षको पछिल्लो समयमा केन्द्रीय छनोट सञ्चालन गर्नेछौं । यद्यपि जोखिम कम गर्न हामीले संलग्न हुने व्यक्तिहरूको संख्या सीमित गर्नुपर्नेछ,’ उनले भनेका छन् ।
सामान्य अवस्थामा छनोटका निम्ति धरान र पोखरामा फाराम भराउने गरिएको थियो । हरेक वर्ष धरान र पोखरामा क्षेत्रीय छनोट हुने गरेको छ । क्षेत्रीय छनोटमा परेकाहरूलाई पोखरामा अन्तिम छनोटमा प्रतिस्पर्धा गराइन्छ । यसपटक गत वर्षको इन्टेक–२०२० केन्द्रीय छनोट स्पर्धाबाट बाहिरिएका युवालाई अवसर दिइने मुख्यालयले जनाएको छ ।
‘प्रत्येक समस्यासँग समाधान पनि हुन्छ, त्यसैले पर्याप्त समाधान खोज्नुहोस्,’ उक्त विज्ञप्तिलाई लिएर अनुप सुनुवारले ब्रिटिस गोर्खा नेपालको फेसबुक पेजमा लेखेका छन्, ‘यो निर्णय नयाँ रेक्रुट हुन चाहने युवाहरूका निम्ति बाधक देखिन्छ ।’ त्यसैगरी सृजल रेग्मीले पहिलोपटक ब्रिटिस आर्मी बन्न चाहनेलाई निराश नबनाउन भनेका छन् ।
‘निःशुल्क, निष्पक्ष र पारदर्शी’ हुनुपर्छ, त्यसैले सबैलाई बराबरी अधिकार चाहिन्छ,’ विशाल स्याङ्तान तामाङले भनेका छन्, ‘हामी गरिबको लाहुरेबाहेक अर्को विकल्प छैन । न त सिप न त राम्रो पढाइ, ट्रेनिङकै सिलसिलामा पढाइ पनि बिग्रेको छ । के हामी गरिब अब मर्ने रु’ यसैगरी धेरै युवाले आफ्नो उमेर हद नाघ्न लागेकाले जसरी पनि अवसर दिन भनेका छन् ।
ब्रिटिस गोर्खा सैनिकको इतिहास २०६ वर्ष लामो छ । नेपाली युवा भर्ती हुने क्रम जारी छ । ‘इन्टेक–२०२०’ मा ४ सय ३२ जना युवा भर्ती भएर बेलायतमा तालिमरत छन् । बेलायतले ब्रिटिस गोर्खा सैनिक भर्ती हुनेको संख्या बढाएको छ । सन् २०१८ सम्म ३ सय २० जनाको दरले भर्ती गर्थ्यो । गत वर्ष ४ सय जना भर्ती लियो । अहिले ब्रिटिस गोर्खामा फर्स्टरोयल गुर्खा रेजिमेन्ट (वानआरजीआर) र सेकेन्ड रोयल गुर्खा रेजिमेन्ट (टुआरजीआर) मात्र छन् । सन् २०२१ देखि ‘थ्री आरजीआर’ थप्ने नीति लिएपछि क्रमशः नेपालबाट भर्ती संख्या बढाउन थालेको हो ।इकान्तिपुर
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते