लण्डन । बेलायतमा एक साताको अन्तरमा एक दम्पत्तिको निधन भएको छ ।
म्याग्दी जिल्लाको दाना पुर्ख्यौली घर भई हाल गिल्फोर्डमा बस्दै आएका तामबहादुर तिलिजा र उनी श्रीमती बेलकुमारी तिलिजाको निधन भएको हो ।
क्वीन्स गोरखा सिग्नलका भूतपूर्व सैनिक कर्पोरल तामबहादुरको गिल्फोर्ड अस्पतालमा मे २८ तारिखका दिन निधन भएको थियो । उनको आर्मी नम्बर २११४७८२९ रहेको छ ।
उनी पत्नी बेलकुमारी तिलिजाको जुन ३ तारिखका दिन सोही अस्पतालनमा निधन भएको बताइएको छ ।
उनीहरुको मृत्युको कारण खुल्न बाँकी रहेको छ ।
फ्रेण्डली ब्रदर्स दाना सेरोफेरो युकेले तिलिजा दम्पत्तिद्वयको निधनप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उनीहरुले देखाएको अभिभावकत्व र मार्गनिर्देशन सधैँ समाजमा रहिरहने पनि शोक सन्देशमा उल्लेख छ ।
करिब ७५ वर्ष उमेर पुगेका दम्पत्ति गिल्फोर्ड छोरा छोरीको साथमा बसोबास गर्दै आएका थिए ।
उनीहरुको एक छोरा र तीन छोरी युकेमा रहेको बुझिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते