रासस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गरेका छन् । उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खाले सम्बन्ध तोड्ने जनाइएका छन् ।
विश्वमा फैलिएको कोभिड १९ को विषयलाई लिएर पछिल्लो समयमा अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सम्बन्ध चिसिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले अमेरिकाको नभएर चीनको मात्र भाषा बोलेको आरोप लगाउँदै आएका छन् ।
राष्ट्रपति ट्रम्पले उक्त सङ्गठनसँगको सम्बन्ध तोड्ने जानकारी दिँदै कोरोना भाइरस सङ्क्रमण फैलिनबाट रोक्न विश्व स्वास्थ्य सङ्गठन असफल भएको आरोप पनि लगाए । राष्ट्रपति ट्रम्पले गत महिना मात्र पनि अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको आर्थिक सहयोगको मात्रा पनि बन्द गरिदिने चेतावनी दिएका थिए ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने – चीनले वर्षेनी विश्व स्वास्थ्य सङ्गठनलाई ४ करोड अमेरिकी डलर बराबरको मात्र आर्थिक सहायता दिँदैआएको छ तर उक्त सङ्गठनमाथि चीनले नै नियन्त्रण जमाएको छ ।
उनले अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई वर्षेनी ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता प्रदान गरी आएको जानकारी गराउँदै तर पनि उक्त सङ्गठनले अमेरिकाको आवाज बोल्न नसकेको आरोप लगाए । उक्त सङ्गठनलाई व्यापक सुधार गर्न अमेरिकाले अनुरोध गरेको भएता पनि ऊ असफल भएको आरोप राष्ट्रपति ट्रम्पले लगाए । उनले भने – त्यसैले पनि हामीले आजबाट विश्व स्वास्थ्य सङ्गठनसँगको सबै खालको नाता तोड्दैछौँ ।
यस घोषणासँगै राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको रकम अबदेखि विश्वमा जनस्वास्थ्यका क्षेत्रमा लगाउने पनि जानकारी दिए ।
संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाताराष्ट्र हो । अमेरिकाले प्रत्येक वर्ष उक्त सङ्गठनलाई ४५ करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता उपलब्ध गराउने गर्छ ।
यसअघि देखि नै राष्ट्रपति ट्रम्पले चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा उक्त सङ्गठनलाई दोषी देखाउँदै आएका थिए ।
अमेरिकाले उक्त भाइरसको प्रकोप फैलिएदेखि नै कोरोना भाइरस फैलिनुको कारण पत्ता लगाउन विश्व स्वास्थ्य सङ्गठनले विशेषज्ञहरूको टोली चीन पठाउनुपर्ने माग राख्दैआएको छ । तर त्यस मागप्रति चीन र विश्व स्वास्थ्य सङ्गठन नै सकारात्मक छैनन् । कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा कोरोना सङ्क्रमणका कारण एक लाखभन्दा बढीको ज्यान गएको छ भने १७ लाखभन्दा बढी नागरिक सङ्क्रमित छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]