काठमाडौं। संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन भदौ १ देखि ५ गतेसम्म काठमाडौंमा गर्ने तयारी शुरु भएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको कांग्रेस पदाधिकारी बैठकले महाधिवेशनको मिति र स्थान प्रस्ताव बुधबारबाट शुरु हुने केन्द्रीय समितिमा प्रस्ताव गर्ने निर्णय गरेको छ। 
कांग्रेस विधानअनुसार थपिएको एकवर्षे कार्यकालको आधा समय वित्न लागेको छ। नेपालको राजनीतिक दलको कानुन र पार्टी विधानबमोजिम आगामी असोज ५ गतेभित्र १३ औं महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यात्मक अवस्थामा कांग्रेस छ। पछिल्लो समयमा मिति घोषणा गर्न पार्टीभित्रैबाट शीर्ष नेतृत्वलाई दबाब शुरु भएको छ।
कांग्रेसले त्यसअघि क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान, वडा, गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन गरिसक्नु पर्नेछ। कांग्रेसले क्रियाशील सदस्यता टुंगो लगाएर पठाउन पटक–पटक समय तोके पनि विवादका कारण ९ बाहेक कुनै पनि जिल्लाबाट क्रियाशील सदस्यको नामावली केन्द्रमा आएको छैन।
कांग्रेसले पछिल्लो पटक पुस मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाएर पठाउने समय तोकेको थियो। क्रियाशील सदस्यको विवाद समाधानपछि वडा, गाउँ र नगरको अधिवेशन गर्ने प्रस्ताव पदाधिकारीले गरेका छन्। साउन २ गते सबै गाउँ र नगरको अधिवेशन सक्ने प्रस्ताव छ। साउन ९ गते २ सय ४० वटा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने र साउन १६ गते ७५ वटै जिल्लाको अधिवेशन सक्ने कांग्रेसले जनाएको छ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान