लण्डन । बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको एक संस्थाले कोरोना महामारीबाट समस्यामा परेका नेपाली विद्यार्थीहरुको सहयोगमा उदाहरणीय काम गरेको छ ।
मर्जिङ नेप्सक्सले नयाँ शैक्षिक सत्र जनवरी/ फेव्रुअरीमा नेपालबाट बेलायत अध्ययनका लागि आएका विद्यार्थीहरुलाई कोरोनाजन्य संकटबाट जोगाउन नगदसहितको आर्थिक सहयोग गरेको छ । नेप्सक्स विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था हो ।
नेप्सक्सले कोराना संक्रमणबाट प्रभावित भै आर्थिक संकटमा परेका नेपाली विद्यार्थीहरुलाई ८ हजार ८ सय पाउण्ड बराबरको नगद रकम सहयोग वितरण गरेको छ । नेप्सक्सका अध्यक्ष पवन कंडेलका अनुसार बिहीबारसम्म ८ हजार ८ सय पाउण्ड विद्यार्थीहरुको दैनिक जीवन सहज बनाउन खर्च गरिसकिएको छ । त्यसबाहेक १९ जनालाई खानाका लागि सहयोग गरिएको छ भने ७ जनालाई मानसिक समस्या समाधानका लागि काउन्सिलिङ गरिएको छ । यो कार्य निरन्तर जारी रहने अध्यक्ष कँडेलले बताए ।
नेप्सक्सबाट नगद सहयोग लिनेले न्यूनयम ५० र अधिकतम २ सय पाउण्डसम्म पाएका छन् । पहिलो चरणमा ८३ जनाले आर्थिक सहयोग लिएको र दोस्रो चरणमा २४ जनाले आर्थिक सहयोग पाएको नेप्सक्सका अध्यक्ष कंडेलले बताए । उनले केही विद्यार्थीहरुको कोठा भाडा पनि तिरीदिएको जानकारी दिए । ‘विद्यार्थीहरुले राखेको डिपोजिट रकम, कोठा भाडा तिर्ने अवधि बढाउने र त्यो विकल्प पनि नभएका केही विद्यार्थीहरुलाई कोठा भाडा तिरेका छौं,’ कंडेलले भने ।
सबैभन्दा बढी समस्यामा वेस्ट लण्डन, इस्ट लण्डन, बोल्टन र हडर्सफिल्ड विश्वविद्यालयका विद्यार्थीहरु परेको उनले बताए ।
नेपाली विद्यार्थीहरुले विश्वविद्यालयबाट पाउने हार्डसीप फण्डका लागि निवेदन दिएको ती मध्ये अधिकांशले हार्डसीप फण्ड पाएको पनि कँडेलले जानकारी दिए । जसबाट २ सय पाउण्डदेखि ४ सय पाउण्डसम्म विश्वविद्यालयबाट सहयोग मिलेको छ ।
नेप्सक्सले बिहीबारसम्म विश्वविद्यालयका विद्यार्थीहरुलाई सहयोगका लागि १४ हजार २ सय पाउण्ड संकलन गरेको छ । नेप्सक्सको सम्पर्कमा विभिन्न ४३ विश्वविद्यालयमा अध्ययनरत ३ सय ४२ विद्यार्थीहरु आएका छन् ।
एनआरएनए युकेद्वारा १८ सय पाउण्ड सहयोग
यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले बिहीबारसम्म १ हजार ८ सय पाउण्ड नगद सहयोग उपलब्ध गराएको छ । कोरोनाका कारण निधन भएका परिवारहरुलाई उक्त रकम बाँडिएको एनआरएनए युके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । एनआरएनएले माक्स, ग्लोव्स, मेडिसिन तथा खाद्य सामग्री सहयोग गरेपनि आर्थिक सहयोग भने मृतकका परिवारलाई मात्र हालसम्म गरेको छ ।
एनआरएनए युकेले पनि राहत कोषमा १५ हजार पाउण्डभन्दा बढी संकलन गरिसकेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा