लण्डन । बेलायतकी महारानी एलिजाबेथले वर्षभरिका सार्वजनिक कार्यक्रम स्थगन गरेकी छिन् ।
कोभिड -१९ संक्रमणबाट जोगिन उनले आगामी एक वर्षका सार्वजनिक कार्यक्रम स्थगन गरेकी हुन ।
श्रीमान राजकुमार फिलिपसँग बस्दै आएकी ९४ वर्षिया महारानी एलिजावेथ कोभिड-१९ को जोखिमका कारण सार्वजनिक हुने छैनन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउन खुकुलो पार्ने तीन चरणको ससर्त योजना सार्वजनिक गरेसँगै भ्याक्सिन पत्ता नलागेसम्म महारानी एजिलावेथ आफ्नै निवास वीन्जर क्यासलमा रहने र कुनै पनि सार्वजनिक कार्यक्रममा सरिक नहुने बेलायती पत्रिका डेली मेलले जनाएको छ ।
महारानी आगामी दिनमा टेलिभिजन र भिडियो मार्फत सार्वजनिक हुन सक्नेछिन् । तर अन्य समारोहमा आगामी समरसम्म सरिक रहने कुनै संभावना नभएको शाही परिवारका बायोग्राफर एन्ड्रेव मोरटनले सन पत्रिकालाई बताएका छन् ।
मानिसहरुसँग प्रत्यक्ष भेटघाट गर्न रुचाउने भएता पनि उनका श्रीमान् राजकुमार फिलिप अर्काे महिना ९९ वर्ष टेक्न लागेकाले जोखिम बढने संभावना रहेको उनले बताए । यसअघि बकिङघम प्यालेसका प्रवक्ताले महारानी हरेक हप्ता फोनमार्फत प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहने बताएकी थिइन् ।
महारानी वीन्जर क्यासल बसेपछि बकिङघम प्यालेस २७ वर्षमा पहिलो पटक यस समर मौसममा बन्द हुन लागेको हो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]