लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई लकडाउनबाट बाहिर निकाल्ने विभिन्न योजना सार्वजनिक गरेका छन् । तथापि उनले आउने हप्तादेखि लकडाउन हटाउन नसिकने बताएका छन् ।
प्रधानमन्त्री जोन्सनले आइतबार साँझ एक सम्बोधनमार्फत इङल्याण्डबासीले आउने बुधबारदेखि व्यायामका लागि बेरोकटोक घरबाहिर जान सक्ने बताएका छन् । यस्तै व्यायाम गर्ने स्थलसम्म सवारीसाधन चलाउन पाइने र कार पार्कमा बस्न दिइने प्रष्ट पारेका छन् । तर यसो गर्दा सोसल डिस्ट्यान्सिङ पालना गर्नुपर्ने र नगरेमा प्रहरीले जरिवाना गर्न सक्ने बताए ।
उनले सबैभन्दा पहिले प्राथमिक विद्यालयहरु खुलाउने र सम्भवत जुनदेखि ती विद्यालयहरु खोल्ने योजना रहेको जानकारी दिए । तथापि यकिन मिति भने भाइरससम्बन्धी तथ्यांक हेरेर आगामी दिनमा घोषणा गरिने उनले बताए ।
यस्तै, सीमित आतिथ्यताका क्षेत्रहरु जुलाईबाट खुलाउने पनि बताएका छन् । कस्ता आतिथ्यताका क्षेत्रहरु खुलाइने यसका बारेमा विस्तृतमा बताइएको छैन ।
यसैगरी, यदि घरबाटै काम गर्न सम्भव नभएमा काममा जान तर यसरी काममा जाँदा सार्वजनिक सवारीसाधन प्रयोग नगर्न पनि उनले अनुरोध गरेका छन् । काममा पनि सोसल डिस्ट्यान्सिङ पालना गर्न उनले सचेत गरे ।
सरकारको नयाँ योजनाअनुसार बाह्य देशबाट आएका यात्रुहरुले अब क्वारेन्टीनमा बस्नुपर्ने छ ।
सरकारले नयाँ भाइरस अलर्ट प्रणाली अघि सारेको छ । जसमा पाँचवटा खतराका स्तर हुनेछन् । उनले अहिले इङल्याण्ड खतरा तीन नम्बरतिर उन्मुख रहेको बताए । यो भाइरसले गर्ने संक्रमणको दरसँग सम्बन्धित हुनेछ ।
प्रधानमन्त्री जोन्सनले आवश्यकता हेरी सरकार लचिलोपनबाट पछि फर्कन सक्ने पनि जनाएका छन् । उनले बेलायत सरकारका आगामी दुई महिना विज्ञान, जनस्वास्थ्य र तथ्यांकबाट निर्देशित हुने बताए । उनले जनतालाई धैर्यता कायम गरेकोमा धन्यवाद दिएका छन् भने एनएचएस लगायत फ्रन्टलाइनका कर्मचारीप्रति आभार प्रकट गरे ।
यसैबीच ब्रिटेनको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सर कियर स्टारमरले प्रधानमंत्रीको वक्तव्यमा स्पष्टता र सहमतिको अभाव भएको बताएका छन् । बीबीसीसंग कुरा गर्दै उनले भने, “अब इंगल्याण्ड, स्कटल्याण्ड र वेल्स फरक फरक दिशामा अघि बढ्ने सम्भावना देखिएको छ । त्यसैले सरकारले ठूलो खाडल भर्नु पर्ने देखिन्छ। “
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते