लन्डन । बेलायतमा कोरोना संक्रमणबाट हालसम्म कति जनाले ज्यान गुमाए भन्ने बारेमा फरक-फरक तथ्यांक आइरहेको छ, त्यस्तै समस्या आइपरेको छ नेपाली समुदायमा पनि ।
बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्याका बारेमा बेलायतमा रहेका नेपालीहरुको संरक्षक नेपाली दूताबास लण्डन र प्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को बेलायत शाखाको आ-आफ्नै दाबी छ ।
एनआरएनए युकेले बुधबारसम्म कोरोना भाइरस (कोभिड- १९) बाट ५० जना नेपालीहरुको निधन भएको जनाएको छ । एनआरएनए युकेद्वारा गठित हेल्पलाइनले तयार गरेको तथ्यांक अनुसार ५० जना नेपालीहरुको कोभिड -१९ कै कारण निधन भएको बताइएको छ । तर, नेपाली राजदूतावासले भने बिहीबार दिउँसोसम्म ४४ जनाको निधन भएको पुष्टी गरेको छ । यसअघि, बिहीबार विहानसम्म ४० जना रहेको थियो ।
एनआरएनए युके र लन्डनस्थित नेपाली राजदूतावासको तथ्यांकमा ६ जना नेपालीको निधन घटिबढी भएको पाइन्छ । यसबाट दूतावास र एनआरएनएबीच आपसी समन्वय नभएको हो कि भन्ने संशय थपिन्छ ।
यसैबीच, बेलायतमा रहेका नेपाली समुदायलाई सहयोग गर्न गठित एनआरएनए युके हेल्प लाइनबाट हालसम्म ६ सय ६१ जना व्यक्तिहरुले सहयोग पाइसकेको बताइएको छ । सचिवद्धय जीत रानाभाट तथा कोशलेश्वर ढकाल र सदस्य हेम गुरुङ रहेको हेल्पलाइनले समुदायसँग जोडिएर काम गरिरहेको सचिव जीत रानाभाटले जनाए ।
हेल्पलाइनले राखेको तथ्यांकअनुसार बेलायतमा ४ सय ९३ नेपालीहरु कोभिड १९ संक्रमित भएको पाइएको छ । त्यसबाहेक ३ सय १० जनामध्ये कोभिड १९ संक्रमित भएपनि होम क्वारेन्टाइनबाटै निको भएको बताइएको छ । अहिले पनि कोभिड १९ संक्रमण भएका ९५ जना घरमै क्वारेन्टाइनमा बसेका छन् भने २० जना अस्पतालमा उपचाररत छन् । यसबीचमा अस्पताल भर्ना भएका १८ जना नेपाली उपचारपछि निको भई घर फर्किएका छन् । एनआरएनए यूकेले सोमबारसम्म एक सय ४३ जना विद्यार्थी र बेलायतमा भ्रमणमा रहेका २१ जनालाई सहयोग गरेको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते