लण्डन । बेलायत सरकारले कोरोना महामारीका कारण पूर्व गोरखा र उनीहरुको परिवारलाई परेको समस्यालाई गम्भीररुपमा लिई पूर्ण समाधान गर्ने वचन दिएको छ ।
नेपाली राजदूतावास, लण्डनका अनुसार दूताबासले पूर्व गोरखा सैनिकहरु र उनीहरुको परिवारलाई कोरोना महामारीबाट परेका समस्याका बारेमा बेलायत सरकारलाई ध्यानाकर्षण गराएको थियो । सोको प्रत्यूत्तरमा बेलायतको रक्षा मन्त्रालयले पूर्व गोरखा सैनिक र उनका परिवारलाई गोरखा वेलफेयर ट्रष्टका तर्फबाट सहयोग उपलब्ध गराउँदै आइएको र उनीहरुको समस्यालाई गम्भीर रुपमा लिई पूर्ण जिम्मेवारीका साथ समाधान गर्ने वचनवद्धता दिएको छ ।
दूताबासले पूर्व गोरखा सैनिकहरुलाई कुनै सहयोग वा जानकारी आवश्यक भएमा उहाँहरु आफैँले वा उहाँहरुका तर्फबाट कसैले निम्न सम्पर्क नम्बर र स्थानमा सम्पर्क गर्न सकिने बताइएको छ ।
Gurkha Welfare Advice Centres-
Email at: [email protected]
Telephone; Aldershot (07882 731986 / 07886 3978890, or
Salisbury (07425629041 / 07425 629037)
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते