लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोरोना भाइरस (कोभिड-१९) को जानकारीमूलक सामग्री नेपाली भाषामा छाप्न बेलायत सरकारलाई दबाब दिन अभियान सुरु गरेको छ । कोभिड १९ का बारेमा सार्वजनिक सूचना र स्वास्थ्य चेतना सम्बन्धी सामग्री नेपाली भाषामै हुनपर्ने माग बेलायत सरकार समक्ष पुर्याउन इलेक्ट्रोनिक हस्ताक्षर अभियान सुरु गरेको हो ।
यो अभियानमा मंगलबार यो समाचार तयार पार्दासम्म करीब ७ सय जनाले हस्ताक्षर गरिसकेका छन् । अभियानलाई एनआरएनए युकेका सदस्यहरुले आ-आफ्ना समूहमा शेयर गरिरहेका छन् । ‘बेलायतमा बसोवास गर्ने बृद्धबृद्धा आमाबुबा जो नेपाली भाषा मात्र बोल्नु हुन्छ, वहाँहरुलाई प्राथमिकतामा राखेर सरकारका कोरोनासम्बन्धी जानकारी नेपालीमा छाप्न दबाब दिन अभियान चलाएका हौँ,’ उपाध्यक्ष नारायण कंडेलले वीनेपालीसँग भने, ‘ बेलायतस्थित नेपालीको साथले यो अभियानलाई सफल हुने विश्वास छ ।’
इ-पिटिसनमा एक लाख व्यक्तिहरुले हस्ताक्षर गर्ने बित्तिकै यहाँको संसदमा छलफल हुने प्रावधान रहेको कँडेलले बताए । बेलायत सरकारका जानकारीमूलक कागजातहरु अन्य भाषा जस्तै नेपाली भाषामा अनुवाद गर्ने कानूनी व्यबस्था नहुन्जेलसम्म लागिरहने जानकारी पनि एनआरएनए उपाध्यक्ष कंडेलले दिए । उनकाअनुसार बेलायतमा बसोवास गर्ने करीव ४० हजार पुर्वगोर्खाका परिवारहरु नेपाली भाषा मात्रै बोल्छन् । अर्का उपाध्यक्ष प्रेम गहामगरले यो अभियानलाई साथ दिन गोर्खा परिवारसित अनुरोध गरे । उपाध्यक्ष गहामगर एनआरएनए युकेको गोर्खा विभागको जिम्मेवारीमा छन् ।
निश्चित प्रतिशत जनसंख्या भएपछि बेलायत सरकारले यहाँ बसोबास गर्ने अल्पसंख्यकका लागि उनीहरुकै भाषामा प्रचार सामग्री बनाउने गरेको छ ।
नेपाल र बेलायत सरकारबीच सम्बन्ध गाँसिएको दुईसय वर्ष लामो इतिहास भएपनि नेपाली भाषी अल्पसंख्यक यो सुविधाबाट वन्चित छन् । यसअघि पूर्वअध्यक्ष योगकुमार फगामी नेतृत्वमा रहेको कार्यसमितिले पनि बेलायतका प्रधानमन्त्री कार्यालयमा सन् २०२१मा गरिने राष्ट्रिय जनगणनाको फाराममा नेपाली लेख्ने महल राखिदिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको थियो ।
अभियानमा हस्ताक्षर गर्न यहाँ क्लीक गर्नुहोस्
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते