बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) महासचिव हेमराज शर्मामाथि नियतवश प्रमुख कार्यकारी अधिकृत राजेश राणालाई स्पष्टीकरण सोधेको आरोप लागेको छ । अमेरिकाका आईसीसी सदस्य शंकर खडकाले महासचिव हेमराज शर्मालाई इमेल लेख्दै प्रमुख कार्यकारी अधिकृतमाथि गलत नियतले स्पष्टीकरण सोध्नुको कारण माग गरेका हुन् ।
एनआरएनए विधानमा सचिवालयका कर्मचारी अनुगमनको जिम्मा महासचिवलाई भएपनि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको जिम्मा आईसीसीले गर्ने उल्लेख छ ।
‘प्रमुख कार्यकारी अधिकृतलाई सोधिएको स्पस्टीकरण के को लागि हो र के के बुंदाहरुमा सोधिएको छ भन्ने जान्ने अधिकार आईसीसी सदस्यहरुलाई छ कि छैन?’, भन्दै उनले महासचिव शर्मालाई प्रश्न गरेका छन् । आईसीसी सदस्य खडकाले एनआरएनए उपाध्यक्ष मन केसीलाई समेत थाहै नदिई संस्थामा मनलाग्दी काम गर्न खोजेको आरोप लागिसकेकाले तत्काल बैठक बोलाउन माग गरेका छन् । प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट डा. हेमन्त दवाडीले राजीनामा दिएपछि अर्का सिइओ राणालाई काम दिनु पर्नेमा महासचिव शर्माले स्पष्टीकरण सोधेपछि आईसीसी सदस्यहरुले शर्माको कार्यशैलीको विरोध गरेका छन् ।
गैरआवासीय नेपाली संघको विधान २००३ (२०१७ संसोधन सहित) को २०.२ मा संघको कार्यालयम प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था गरिएको छ । तर, महासचिव शर्माले शक्तिको दुरुपयोग गरी राणालाई स्पष्टीकरण सोधेपछि अहिले एनआरएन सिईओ विहीन भएको छ ।
३० अप्रिलमा संघको कार्यालयमा सात वर्ष काम गरेका डा. दवाडीलाई बन्दाबन्दीकै बीच अवकास दिईएको थियो ।
महासचिव शर्मामाथि सामूहिक छलफलका लागि राखेको इमेललाई पनि व्यक्तिगत इमेलको रुपमा प्रयोग गरी अदालतको न्यायाधीश जसरी प्रमाण मागिएको आरोप समेत लागेको छ । आइसीसी सदस्य शंकर खडकाले नवौं सम्मेलनमा थाँती रहेको आर्थिक र सांगठनिक प्रतिवेदन पास गर्ने पहल नगरेको आरोप लगाउंदै व्यक्तिगत स्वार्थ पूर्तिको काम गर्दा एनआरएनए बदनाम बनेको दावी गरेका छन् ।
स्रोतले इमेललाई उद्धृत गर्दै नयाँ कार्यसमितिले पहिलो भाषणमा नै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले तीन महिनाभित्र विशेष साधारण सभा गराएरआर्थिक प्रतिवेदन पास गराउने प्रण गरे पनि केही नगरेको उल्लेख गरिएको छ ।
सात महिना बितिसक्दा पनि वि भिन्न प्राविधिक कारण देखाएर डिडिए रिपोर्ट आइसीसीमा पेश नगरेको इमेलमा उल्लेख छ । अध्यक्ष कुमार पन्त, महासचिव शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले नियतवस उक्त विवरण पेश नगरेको आंशका गरिएको छ । संस्थामाथि आर्थिक हिनामिना, अपारदर्शिता, भ्रस्टाचार आदि लागिरहेको आरोपलाई चिरेर जान सुझाउँदै विद्यमान आशंका निराकरण गर्न आग्रह गरिएको छ ।
यस बारेमा प्रतिक्रिया माग्दा महासचिव डा. हेमराज शर्माले भने, ”आर्थिक पारदर्शिता, मितव्ययिता र उत्तरदायी अहिलेको कार्यसमितिको मुख्य मन्त्रहरु हुन् । आर्थिक र प्रशासनिक हिसाबले एनआरएनए कहाँ छ, विगतबाट के सिक्न सकिन्छ भनेर नयाँ कार्यसमितिले स्वतन्त्र विशेषज्ञहरुबाट ड्यू डिलिजेन्स अडिट (डिडिए) गरेको थियो । डिडिए रिपोर्टको आधारमा राजेशजीलाई स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोध्ने निर्णय सचिवालयको पूर्ण बैठकले गरेको हो । कर्मचारीलाई कसले नियुक्ति गर्ने, कसले अवकास दिने, कसले स्षटिकरण सोध्ने भन्ने निर्णय कुनै अमुक पदाधिकारीले गर्न सक्दैन (न अध्यक्षले, न महासचिवले, न सिईओले) । यसको कार्यविधि हाम्रो कर्मचारी नियमावलीमा व्यवस्था छ र हामीले यही नियमावली र कानुनबिदको परामर्शको आधारमा निर्णय गरेका हौँ।”
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण