लण्डन । ब्रिटिश प्रधानमन्त्री बाेरिस जोनसनले बेलायतमा विद्यालय र अर्थतन्त्र खोल्ने बारेमा अर्को साता विस्तृत योजना ल्याउने बताएका छन् ।
आफैँलाई कोरोना संक्रमण भएपछि पहिलोपटक प्रधानमन्त्री कार्यालयमा हुने नियमित ब्रिफिङमा उपस्थित भएका प्रधानमन्त्री जोनसनले मानिसहरुले कसरी यात्रा गर्ने भन्ने बारेमा पनि सो योजनामा उल्लेख गरिने प्रष्ट पारे ।
गत सोमबार उनले बेलायतको लकडाउन छिट्टै खुल्ने संकेत गरेकाले धेरैले आजको ब्रिफिङमा लकडाउन खोल्ने बारेमा नयाँ जानकारी दिइनसक्ने अनुमान गरेका थिए ।
उनले अबको नयाँ योजनामा मास्क लगाउने पनि समावेश हुने बताए । भाइरस सर्न नदिन र मानिसहरुमा आपसी विश्वास बढाउन पनि फेस मास्क लगाउन उपयुक्त हुने उनको भनाइ छ ।
बेलायतमा कोरोना संक्रमणको उच्चतम विन्दू पार भएसकेको र अब कोरोना संक्रमणको दर घट्दै गएको पनि उनले बताए । मुलुकले अर्को संक्रमणको जोखिम लिन नहुनेमा पनि उनले जोड दिए ।
उनले आशाका किरण देखिएको उल्लेख गर्दै दोस्रो संक्रमणको विपत्तिबाट जोगिन बेलायतले पूर्व निर्धारित लकडाउन खोल्न पूरा गर्नुपर्ने पाँचवटा परीक्षण पार गर्नुपर्ने प्रष्ट पारे ।
बेलायतमा आज लकडाउन शुरु भएको ३८ दिन पुगिसकेको छ र हालसम्ममा २६ हजार ७७१ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
अप्रिल महिनाको अन्त्यदेखि प्रतिदिन एक लाख मानिसमा भाइरसको परीक्षण गरिने योजना रहे पनि हिजोसम्ममा दैनिक ८१ हजारको मात्र परीक्षण गरिएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न