लण्डन । गोरखा सैनिक एका राईले मेडिस्टोन तथा टनब्रिज वेल्स एनएचएसको सहयागार्थ २४ घन्टे साइकल यात्रा गर्ने भएका छन् ।
उनी आफैँ १४ दिन एकान्तबास बसेर निस्केका हुन् ।
गोरखा इन्जिनियर्स मेडिस्टोनमा कार्यरत सार्जेन्ट मेजर राईले हालसम्म १ हजार ५०० पाउण्ड सहयोग संकलन गरिसकेको स्थानीय केन्ट अनलाइनले जनाएको छ ।
उनले भोलि आफ्नै निवासबाट यात्रा शुरु गर्ने छन् ।
दुई छोरीका पिता राईले पाँच वर्षीय छोरीलाई रुघाखोकीको लक्षण देखेर घरमै आइसोलेसनमा बसेको बेला कोरोना भाइरसको महामारी विरुद्धको लडाइँमा एनएचएसका कर्मचारीहरुको कार्य समाचारमा देखेर सो कार्य गर्न प्रोत्साहन मिलेको बताएका छन् ।
अफगानिस्तानमा समेत खटिसकेका राई भन्छन् -‘एनएचएसका कर्मचारीहरुले देखाएको बहादुरी शानदार छ र मलाई मेरो तर्फबाट केही गराउनका लागि उत्प्रेरित गरेको छ ।’
‘जब हामी युद्धमा जान्छौँ दुश्मनलाई देख्छौँ र त्यसैमा केन्द्रीत हुन्छौँ तर कोरोना विरुद्धको लडाइँमा दुश्मन कहाँ छ देखिँदैन’- राई भन्छन् ।
राईले यसअघि पनि ह्यम्पसायरबाट हेस्टिङसम्म ६२ माइल पैदल यात्रा गरिसकेका छन् ।
राई कार्यरत इन्भिक्टिया पार्क ब्यारेकका सैनिकहरुले लण्डनको एक्सेलमा केही दिनमै नाइटिंगेल अस्पताल बनाएका थिए ।
राईलाई सहयोग गर्न यहाँ क्लीक गर्नुहोस्
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण