एजेन्सी । क्यानाडाका प्रधानमनत्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उहाँलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् ।
विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्व प्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भर्याङको प्रयोग गरेका तस्बीरहरू मङ्गलबार विहानै सार्वजनिक गरेका छन् ।
भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउनका लागि करिब ७० जना अग्नी नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन । मार्गरेट आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको रेडियो–क्यानडाले बताएको छ । उहाँलाई छिट्टै आराम हुने अपेक्षा गरिएको छ ।
आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते