लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले कोरोनाबाट प्रभावित बृद्धबृद्धा तथा भुतपूर्व गोर्खाहरुका समस्या समाधानका लागि बेलायत सरकार समक्ष आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बृद्धबृद्धा तथा भूतपूर्व गोर्खाहरुलाई जोगाउन राजदूत दुर्गावहादुर सुवेदीले बेलायत सरकारलाई सोमबार पत्राचार गरेका हुन् ।
उनले भाषागत समस्या र अत्यावश्यक सामग्रीका बारेमा बेलायत सरकारलाई जानकारी गराए । नेपाली राजदूतावासका अनुसार भूतपूर्व गोर्खाहरु कोरोनाको उच्च जोखिममा छन् । दूतावासका अनुसार कोरोनाकै कारण २६ जना भूतपूर्व गोर्खा र ८ जना अन्य नेपालीको ज्यान गइसकेको छ ।
नेपाली बृद्धबृद्धामा भाषागत समस्या र अत्यावश्यक सामग्रीमा पहुँच नभएकाले समस्या आएको दूतावासको ठहर छ । राजदूत सुवेदीले ती समस्या समाधान गर्न बेलायत सरकार, परराष्ट्र, रक्षा मन्त्रालय र गोर्खा वेलफेयर ट्रष्टको ध्यानाकषर्ण गराएका हुन् । नेपाली बृद्धबृद्धालाई पर्ने समस्या समाधानमा दूतावासले सबैसँग समन्वय गरी बढिरहेको जनायो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न