लण्डन । पूर्व गोरखा सैनिक क्षेत्रबहादुर मल्लको कोरोना संक्रमणका कारण शनिबार बेलायतमा निधन भएको छ ।
उनको ७३ वर्षको उमेरमा प्रिन्सेस आन अस्पताल साउथह्याम्पटनमा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङले जानकारी दिए ।
पुर्ख्यौली घर तनहुँ जिल्लाको थप्रेक गाविस हालको शुक्लागण्डकी नगरपालिका १ चितिस्वाँरा भएका मल्ल हाल बेलायतको विन्चेस्टरमा बस्दै आएका थिए ।
बेलायती सैनिकमा उनले सेकेण्ड सेकेण्ड गोरखा राइफल्समा रहेर काम गरेका थिए । उनको आर्मी नम्बर २११५६५१४ रहेको छ ।
उनी श्रीमती, छोराबुहारीसहित बस्दै आएका थिए । उनको गतवर्ष मुटुको शल्यक्रिया गरिएको थियो । उनी मधुमेहबाट पनि पीडित थिए ।
उनी सन् २०१२ देखि बेलायतमा बसोबास गर्दै आएका थिए ।
उनको असामयिक निधनमा तनहुँ समाज युकेले शाेक बक्तब्य जारी गरी श्रद्धान्जलि व्यक्त गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते