लण्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ३१ नेपालीको निधन भएको पाइएको छ ।
नेपाली दूतावास लण्डन र गोरखा वेलफेयर ट्रष्टले राखेको अलगअलग अभिलेखबाट सो संख्या पुष्टि भएको हो ।
अभिलेखअनुसार हालसम्म कोरोनाबाट निधन हुनेहरुमा गोरखा भूतपूर्व सैनिकहरुको संख्या अत्यधिक देखिएको छ । हालसम्ममा २३ जना गोर्खा भूतपूर्व सैनिकहरुको कोभिड १९ बाट मृत्यु भइसकेको छ भने ८ जना गैरगोरखाले यस भाइरसबाट ज्यान गुमाएका छन् ।
मृत्यु हुनेहरुममा २९ जना पुरुषहरु छन् भने २ जना महिला छन् ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा सबैभन्दा पाको ९५ वर्षीय छन् भने सबैभन्दा कम उमेर ३२ वर्षका छन् ।
नेपाली दूतावास लण्डनले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ भने गोरखा वेलफेयर ट्रष्टले कोरोनाबाट मृत्यु हुने गोरखाहरुको रेकर्ड आफ्नै स्रोतबाट राख्ने गरेको छ । दुवै स्रोतको सम्पर्क नपुगेका कोरोनाबाट बितेका नेपालीहरुको रेकर्ड छुट्न सक्ने भएकाले कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या योभन्दा बढी हुनसक्ने पनि आशंका गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते