काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्झौतालाई उल्लघंन गर्दै एकलौटी अघि बढे चैत तेस्रो साता समानान्तर सरकार बनाउने बताएका छन्। बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले समानान्तर सरकारको घोषणा गरिने चेतावनी दिँदै राष्ट्र संघसहित विश्व शक्तिबाट वैधानिकता खोज्ने बताए ।
‘आन्दोलनको तेस्रो चरणमा केन्द्रमा संघीय सरकार घोषणा गरिनेछ । र, राष्ट्रसंघ सहित विश्व शक्तिबाट त्यस सरकारको वैधानिकता खोजिनेछ,’ उनले भने- ‘सबैलाई सोध्नेछौं । सहमति-सम्झौता उल्लघंन गर्ने सरकार वैधानिक कि? शान्ति सम्झौता मान्ने सरकार वैधानिक ?’
फागुन-१६ सम्म पहिलो चरणको खबरदारी र त्यसपछि क्रियात्मक आन्दोलन एक महिना हुने छ। दाहालले फागुन १६ गतेबाट हुने आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रदेश सरकारको गठन र अन्तिममा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गरे।
दाहालले फागनु-१६ को जनप्रदर्शनमा २० हजार, दोस्रो चरणमा २ लाख र तेस्रो चरणमा १०देखि १५ लाख संगठित युवा दस्ता तयार गरि परिचालन गरिने बताए। संविधानसभामा संविधान निर्माणका लागि बहुमती प्रक्रिया शुरु भएपछि माओवादीसहितका विपक्षी मोर्चाहरुले चरणवद्ध सडक अान्दोलन घोषणा गरेका छन्। फागुन मसान्तसम्म प्रचारात्मक आन्दोलन रहेको छ।
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम