काठमाडौं। एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतको सहमति र सम्झौतालाई उल्लघंन गर्दै एकलौटी अघि बढे चैत तेस्रो साता समानान्तर सरकार बनाउने बताएका छन्। बिहीबार पहिचानवादी युवा शक्तिको घोषणा कार्यक्रममा बोल्दै दाहालले समानान्तर सरकारको घोषणा गरिने चेतावनी दिँदै राष्ट्र संघसहित विश्व शक्तिबाट वैधानिकता खोज्ने बताए ।
‘आन्दोलनको तेस्रो चरणमा केन्द्रमा संघीय सरकार घोषणा गरिनेछ । र, राष्ट्रसंघ सहित विश्व शक्तिबाट त्यस सरकारको वैधानिकता खोजिनेछ,’ उनले भने- ‘सबैलाई सोध्नेछौं । सहमति-सम्झौता उल्लघंन गर्ने सरकार वैधानिक कि? शान्ति सम्झौता मान्ने सरकार वैधानिक ?’
फागुन-१६ सम्म पहिलो चरणको खबरदारी र त्यसपछि क्रियात्मक आन्दोलन एक महिना हुने छ। दाहालले फागुन १६ गतेबाट हुने आन्दोलनमा नाकाबन्दी, सरकारी कार्यालय कब्जादेखि प्रदेश सरकारको गठन र अन्तिममा केन्द्रीय सरकार गठनको कार्यक्रम रहने उल्लेख गरे।
दाहालले फागनु-१६ को जनप्रदर्शनमा २० हजार, दोस्रो चरणमा २ लाख र तेस्रो चरणमा १०देखि १५ लाख संगठित युवा दस्ता तयार गरि परिचालन गरिने बताए। संविधानसभामा संविधान निर्माणका लागि बहुमती प्रक्रिया शुरु भएपछि माओवादीसहितका विपक्षी मोर्चाहरुले चरणवद्ध सडक अान्दोलन घोषणा गरेका छन्। फागुन मसान्तसम्म प्रचारात्मक आन्दोलन रहेको छ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने