अहिले कोरोना भाइरस र यसबाट हुन सक्ने इन्फेक्सन कोभिड-१९ ले विश्वलाई नै त्राहीमाम बनाएको अवस्था छ । विश्वका अति नै विकसित देशहरुदेखि लिएर अति नै कम विकसित मुलुकलाई समेत छाडेको छैन ।
कुनै पनि व्यक्तिको जस्तोसुकै आर्थिक हैसियत भएता पनि उनीहरुलाई यो रोगबाट सजिलै छुट्कारा पाउन असंभव प्राय: छ । यसको ज्वलन्त उदाहरण भर्खर मात्र संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई लिन सकिन्छ । यसको अर्थ यो हो कि, यो भाइरसले न त धनी देश न त धनी व्यक्ति वा न त गरिव देश, न त गरिव व्यक्ति नै भन्दछ । विश्व आज एक किसिमले हिजोका ठुला-ठुला विश्व युद्ध भन्दा पनि धेरै नै त्रसित भएको अवस्था छ ।
हिजो विश्वका धनी राष्ट्र्हरु एक आपसमा कस्ले पहिला आणविक हतियारको उत्पादन गर्ने र परीक्षण गर्ने होडबाजी थियो । र एकले अर्कालाई त्यही आधुनिक हतियारको आधारमा नै धम्क्याई रहेका थिए । आज यी सबै कुराहरुलाई कोभिड-१९ नामक इन्फेक्सनले फिक्का पारिदिएको छ ।
अब चर्चा गरौं, यो भाइरसको दीर्घकालिन असर र यसले उत्पन्न गर्न सक्ने आर्थिक संकटको बारेमा ।
विगतको इतिहासलाई फर्केर हेर्ने हो भने सन् २००७ / २००८ मा अमेरिकामा ठुलो आर्थिक मन्दी भएको थियो । त्यो अवधिमा आर्थिक मन्दीबाट अमेरिकालाई बाहिर निस्कन कम्तिमा १८ देखि २२ महिनासम्म लागेको थियो । त्यतिवेला सबैभन्दा बढी आर्थिक संकट त्यहाँको हाउजिङ बजारमा परेको थियो ।
सुरुमा सन् २००४ / २००५ तिर त्यहाँका बैंकहरुले सस्तो व्याजदरमा जो कोहीलाई पनि सहजै कर्जा प्रदान गरेको थियो । त्यसको फलस्वरुप जो कोहीले पनि सहजै सुपथ व्याजदरमा कर्जा पाउने र घर किन्ने प्रचलन अत्याधिक मात्रामा भयो । यसले गर्दा घरहरुको माग अत्याधिक बढन गयो र बैकहरुसँग पनि तरलताको बिस्तारै कमी हुँदै गयो । जसका कारण बैकले कर्जा व्याजदरमा भारी बृद्धि गर्दै गए । जसले यस्तो अवस्था सिर्जना गर्यो कि आर्थिक हैसियत राम्रो भएका व्यक्ति तथा व्यवसायहरुले पनि कर्जा लिन असंभव प्राय भयो । फलस्वरुप ठुला – ठुला व्यवसायहरु कटौती र कतिपय व्यवसायहरु बन्द भए ।
बैकहरुमा पनि तरलताको अभावले गर्दा एक बैकले अर्को बैकलाई पनि क्रेडिट स्वीकार गर्न छोड्यो । फलस्वरुप यसले दुइटा कुरामा ठुलो असर पार्यो । पहिलो, मानिसहरुको घरको मूल्य यति घट्यो कि मूल्य भन्दा घरको कर्जा दुई तिहाई बढी तिर्नु पर्ने अवस्थाको सिर्जना भयो । झण्डै र झण्डै मोर्गेज मार्केट नै समाप्त हुन पुग्यो ।
बैकहरुले आन्तरिक बैक क्रेडिट फ्रिज गरे । जसले गर्दा ठुला- ठुला कम्पनीहरुले पनि क्रेडिट नपाउँदा बन्द गर्नु पर्ने स्थिति आयो । उदाहरण लागि विश्वकै ठुला मोटर कम्पनी जेनरल मोटर्स र चेस्लरले डुबेको घोषणा गरे । यसको प्रभाव यति धेरै बढन थाल्यो कि सर्वसाधारणसँग सानो- सानो व्यवसाय सुरु गर्न र पैसा खर्च गर्न डर पैदा गर्यो । जसका कारण धेरै व्यक्तिहरु बेरोजगार भए ।
दोस्रो, यो परिस्थितिले गर्दा अमेरिका जस्तो देशमा पनि धेरै बेराजगारीको अवस्था सिर्जना भयो । अव विश्वका ठुला आर्थिक सवल राष्ट्र्हरु अमेरिका, जर्मनी तथा बेलायतलगायत अन्य धनी राष्ट्र्हरुमा यो कोरोना महामारीले बिकराल संकट निम्त्याउने संभावना रहेको छ । जस्तो कि अहिले अमेरिका, जर्मनी र बेलायत लगायतका देशहरुले आफ्ना जनतालाई तत्काल राहत स्वरुप पैसा धेरै बाड्ने, बैकहरुले व्याजदर अति नै कम अर्थात जिरो व्याजदरमा सहुलियत दिने । त्यसपछि, विस्तारै व्याजदर बढाउने भएको हुनाले यसले दुई वटा कुरामा असर पुर्याउने देखिन्छ ।
एउटा, मुद्रा स्फिर्ति अथवा वस्तुको वास्ताविक मूल्य भन्दा क्रय मूल्य बढी हुनु र त्यो अवस्थामा धेरै पैसा खर्च गर्दा पनि थोरै सामानमा चित्त बुझाउनु पर्ने हुन्छ । देशहरुको उत्पादनमा कमी हुदै आउँदा मान्छेले पैसा भएर पनि कतिपय सामान खरीद गर्न सक्दैनन् । अन्तत र बैकहरुले व्याजदर बढाउँदै लैजान्छन् । फलस्वरुप राम्रो आर्थिक हैसियत भएका व्यवसायहरुले पनि कर्जा नपाउने अथवा पाउदा पनि सारै कम पाउँने अवस्था आउन सक्छ । यसले गर्दा धेरै जसो व्यवसायले पुरा उत्पादन गर्न नसक्ने तथा ग्राहक नहुदाँ कतिपय व्यवसायहरु बन्द नै हुने र अलिर अलि भएका व्यवसायले रोजगारी नै कटौती गर्ने संभावना प्रवल देखिन्छ ।
यसलाई कुनै पनि सरकारले पूर्णरुपमा रोक्न त सक्दैनन् । तर, यसको जोखिमलाई केही मात्रामा भएपनि कम गर्न भने सक्छन् । यदि सरकारले राम्रो योजना तर्जुमा गर्न सकेको अवस्थामा यसको एक मात्र उपाय भनेको कुनै पनि सरकारले उत्पादन बृद्धिमा जोड दिने र तरलतामा नियन्त्रण गर्ने रणनीति अपनाउनु पर्ने आवश्यकता छ ।-डा. मुकुन्द बास्तोला
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण