लन्डन । बेलायतका केही शहरमा प्रदर्शन तय भएको ‘आमा’ फिल्मका सबै शो स्थगित भएको छ । कोरोना भाइरसका कारण यूकेसहित विश्व नै आक्रान्त बनिरहंदा आयोजकले शो स्थगित गरेका हुन् ।
‘हामीलाई थाहा छ सयौं दर्शक आमा हेर्न व्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो तर अहिलेको विषम परिस्थितिमा यो सम्भव भएन’, बेलायतमा ‘आमा’ प्रदर्शनको अधिकार लिएका सञ्चारकर्मी कुशल श्रेष्ठले भने । श्रेष्ठले मनोरन्जन भन्दा जनस्वास्थ्य महत्वपूर्ण भएकाले शो स्थगित गरिएको जनाउंदै परिस्थिति अनुकुल भएपछि देखाइने जानकारी दिए । उनले ‘आमा’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको पनि बताए ।
कोरोना भाइरस महामारीका कारण बेलायतमा शनिबारसम्म २१ जनाको निधन भइसकेको छ भने करिब ११४० जना संक्रमित भएका छन् ।
‘आमा’ यही २२ मार्च अपरान्ह एम्पायर हल अल्डरसट र २९ मार्च सांझ साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा प्रदर्शन गर्ने तय भएको थियो । लन्डन साउथ इष्ट र बेलायतका अन्य केही शहरमा पनि प्रदर्शनको तयारी हुंदै थियो ।
‘आमा’ नेपालमा अत्यधिक हिट चलचित्र हो जसमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द