
लण्डन । तमु समाज युकेले नेपालबाट आएका गुरुङ (तमु) लामा बौद्ध धर्म समाजका महासचिव श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ लामाबाट साङ सरक्यम पूजा, दोमाङ पूजा, गुरु रिम्पोछे पूजा, तारा (ढोल्मा) पूजा, महाकल पूजा तथा प्रवचन कार्यक्रम गरेको छ ।
लन्डनको वेम्ब्ली बरहाम पार्कस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा शनिबार ७ फेब्रुअरी २०२० मा पूजा कार्यक्रम भएको हो ।
पूजा कार्यक्रमका प्रमुख अतिथि तथा लामा खेम्पो दशरथ गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ, लामा हिता गुरुङ, राङजुङ येसे ओडियाना युकेसिआईओ सेन्टर फार्नब्रोका लामा शेरब फुन्चोक र पालयुल सेन्टर युकेका लाम दावा नोर्बु गुरुहरुलाई विशेष ब्यबस्था गरी कार्यक्रम स्थलमा भब्य स्वागत गरिएको थियो ।
तमु समाज युके अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षता र खेलकुद तथा खाद्य सचिव हरिमान गुरुङ र आमा समूहका अध्यक्ष बिन्दु घलेको संयोजनमा सम्पन्न कार्यक्रम संचालन महासचिव हर्कबहादुर गुरुङले गरेका थिए ।
प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र कार्यक्रमका जेष्ठ सदस्यबाट संयुक्तरुपमा दिप प्रज्वलन गरि पूजा कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि धर्म गुरु खेम्पो दशरथ गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर युकेका प्रमुख लामा धरम गुरुङ र अन्य ३ जना लामा गुरुबाट साङ सरक्यम पूजा र दोमाङ पूजा संचालन गरेको थियो ।
दोस्रो चरणमा प्रमुख अतिथि धर्म गुरु खेम्पो दशरथ गुरुङले बौद्ध शिक्षा, दर्शन र बौद्ध लामाहरुबाट गरिने विभिन्न महत्वपूर्ण पूजापाठबारे प्रवचन दिएका थिए ।
कार्यक्रमको अन्तिम चरणमा उपस्थित सबैले धर्मगुरुहरुबाट अभिषेक तथा प्रसाद ग्रहण गरे ।
कार्यक्रममा समाजका अध्यक्ष शिवचन्द्र गुरुङ र उपाध्यक्ष शिवकमार गुरुङले श्रद्धेय धर्म गुरु खेन्पो दशरथ गुरुङ लगायत पूजा संचालनमा सहभागी सबै लामा गुरुहरुलाई मायाको चिनो स्वरुप तमु समाज युकेको ‘प्लेक’ प्रदान गरी समाजको लोगो अंकित खादाबाट सम्मान गरे ।
यसैगरी प्रमुख अतिथि धर्म गुरु खेन्पो दशरथ गुरुङले पनि गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको स्मारिका पुस्तिका संस्थाको चिनोस्वरुप तमु समाज युके अध्यक्ष र आमा समूह अध्यक्षलाई प्रदान गरेका थिए ।
मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि श्रद्धेय खेम्पो दशरथ गुरुङले समाजले गरेका कार्यहरुको प्रशंसा गर्दै समाजद्वारा आयोजित पवित्र दोमाङ पूजा तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथि तथा लामाको रुपमा आफूले प्राप्त गरेको स्वागत सम्मानका निम्ति आभार प्रकट गरे । उनले तमु समाज युकेलाई उत्तरोत्तर प्रगतिको शुभकामनासहित हार्दिक कृतज्ञता पनि ब्यक्त गरे ।
मन्तव्यकै क्रममा प्रमुख अतिथिले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
कार्यक्रममा हालै विश्वका विभिन्न मुलुकमा फैलिरहेको कोरोना भाईरस संक्रमणको शीघ्र रोकथाम भई महामारीको रुपमा नफैलियोस् र संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभ होस् भन्ने कामनासहित विशेष पूजापाठ तथा प्रार्थना पनि गरिएको थियो ।
अत्यन्तै सौहार्द्ध तथा पारिवारिक वातावरणमा सम्पन्न पूजामा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, तमु समाज युकेका सदस्यहरु, आमा समूहकी अध्यक्ष बिन्दु घले, आमा समूहका अन्य पदाधिकारी तथा आमाहरु, युवा समुहका अध्यक्ष लगायत युवायुवती र जेष्ठ नागरिकहरुको उपस्थिति थियो । अन्तमा अध्यक्ष शिवचन्द्र गुरुङले धन्यबाद मन्तब्य राखेपछि कार्यक्रम समापन भएको थियो ।
विशेष पूजा तथा प्रवचन कार्यक्रमका निम्ति समाजका विभिन्न महानुभावले स्वत:स्फुर्त प्रदान गरेको आर्थिक दान र भोजनबाट उपस्थित सबैलाई आमा समूहले निशुल्क खानपिन ब्यवस्थापन गरेको थियो ।
कार्यक्रमको हल ब्यवस्थापन कम्युनिटी सेन्टरका प्रबन्धकद्वय बाबुराम गुरुङ र ईमान घले तथा फोटोग्राफी ओमकार गुरुङ र टेक गुरुङले गरेका थिए ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण