काठमाडौै। राष्ट्रपति रामवरण यादवले सबैभन्दा ठूलो दल भएको नाताले एकीकृत माओवादी नेतृत्वको मोर्चासँग तत्काल वार्ता थाल्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले शनिबार कांग्रेसका शीर्ष नेतालाई शीतलनिवास बोलाएर दलीय वार्ता शुरु गर्न आग्रह गरेका हुन् । शनिबार साँझ कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल राष्ट्रपति यादवलाई भेट्न शितल निवास पुगेका थिए। भेटमा राष्ट्रपति यादवले सहमतिका लागि लचिलो बन्न आग्रह गरेका छन्।
उनले विपक्षी दलहरूले सहमति छाडेर आन्दोलनको बाटो लिए भन्दैमा सत्तारूढ दलहरूले संवाद छाड्न नहुने बताएका थिए । राष्ट्रपति यादवले संविधानसभाको सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताका हिसाबले पनि कांग्रेसले दलीय सहमतिको पहल लिनुपर्ने बताए ।
आन्दोलनकारी शक्तिबीच सहमति हुन नसक्दा विगतका उपलब्धि संस्थागत हुन नसकेको स्मरण गराउँदै राष्ट्रपति यादवले कम्तीमा माओवादी र मधेसवादी दललाई साथै लिएर अघि बढ्न आग्रह गरेका थिए । उनले विमतिका बीच सहमति खोज्न आग्रह गर्दै विषयमा सहमति नभए प्रक्रियामा भए पनि साथै लिएर अघि बढ्नुपर्ने बताएका थिए ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान