काठमाडौै। राष्ट्रपति रामवरण यादवले सबैभन्दा ठूलो दल भएको नाताले एकीकृत माओवादी नेतृत्वको मोर्चासँग तत्काल वार्ता थाल्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले शनिबार कांग्रेसका शीर्ष नेतालाई शीतलनिवास बोलाएर दलीय वार्ता शुरु गर्न आग्रह गरेका हुन् । शनिबार साँझ कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल राष्ट्रपति यादवलाई भेट्न शितल निवास पुगेका थिए। भेटमा राष्ट्रपति यादवले सहमतिका लागि लचिलो बन्न आग्रह गरेका छन्।
उनले विपक्षी दलहरूले सहमति छाडेर आन्दोलनको बाटो लिए भन्दैमा सत्तारूढ दलहरूले संवाद छाड्न नहुने बताएका थिए । राष्ट्रपति यादवले संविधानसभाको सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताका हिसाबले पनि कांग्रेसले दलीय सहमतिको पहल लिनुपर्ने बताए ।
आन्दोलनकारी शक्तिबीच सहमति हुन नसक्दा विगतका उपलब्धि संस्थागत हुन नसकेको स्मरण गराउँदै राष्ट्रपति यादवले कम्तीमा माओवादी र मधेसवादी दललाई साथै लिएर अघि बढ्न आग्रह गरेका थिए । उनले विमतिका बीच सहमति खोज्न आग्रह गर्दै विषयमा सहमति नभए प्रक्रियामा भए पनि साथै लिएर अघि बढ्नुपर्ने बताएका थिए ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान