काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गराउने भएको छ ।
काठमाडौंमा सञ्चालित सबै सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र दुईवटा सिटको आरक्षण कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं तयार भएको हो ।
विगत दुई वर्षदेखि सार्वजनिक सवारी साधनमा ५० प्रतिशत भाडमा छुटको हुनुपर्ने माग गर्दै ज्येष्ठ नागरिकहरु मीनभवनस्थित यातायात व्यवस्था विभागमा धर्ना बस्दै आएका छन ।
सार्वजनिक सवारी साधनमा छुट दिने निर्णय व्यवाहारिक रुपमा कार्यान्वयन गराउन धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकहरु शुक्रवार काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
गत भदौमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सबै सार्वजनिक सवारी साधनमा दुईवटा सिट र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरे पनि अहिलेसम्म कार्यान्यवन हुन सकेको छैन ।
प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागकिलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ऐकनारायण अर्यालले अब ज्येष्ठ नागरिकको माग केही हदसम्म पूरा भएकाले धर्ना बस्न नपर्ने बताए ।
ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले ज्येष्ठ नागरिकको माग अरु पनि बाँकी रहेकाले अहिले नै धर्ना अन्त्य नहुने बताए ।
काठमाडौंमा मात्र नभई देशैभरी सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकले छुट पाउनुपर्ने र हाल सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता तीन हजार रुपियाँ पुर्याउनुपर्ने र अस्पतालमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने ज्येष्ठ नागरिकहरुको माग छ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान