काठमाडौ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेतृत्वको चक्रिय प्रणाली विवाद समाधान गर्न राप्रपाको विशेष महाधिवेशन माग गरेका छन्।
भक्तपुर लोकन्थलीस्थित निवासमा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्व प्रधानमन्त्री चन्दले पशुपति शम्शेर राणा राप्रपाको अनाधिकृत अध्यक्ष भएको बताए। 
‘राप्रपाको महाधिवेशनले पार्टीको नेतृत्व चक्रिय प्रणाली बारेमा कसैलाइ कुनै भ्रम भए विशेष महाधिवेशन बोलाइ कार्यकर्ताबाट छिनोफानो गर्न तयार रहेको पनि स्पष्ट गर्न चाहन्छु,’ चन्दले भनेका छन् ।
करिब दुई वर्षअघि भएको महाधिवेशनले पहिलो वर्ष सूर्यबहादुर थापा, दोस्रो वर्ष लोकेन्द्रबहादुर चन्द, तेस्रो वर्ष पशुपति शम्शेर जबरा र चौथो वर्ष प्रकाशचन्द्र लोहनीलाई अध्यक्ष बनाउने प्रस्ताव महाधिवेशनले पारित गरेको चन्द पक्षले बताउँदै आएका छन् । तर थापा र राणाले भने प्रस्ताव आएपनि महाधिवेशनले पारित नगरेको जनाउँदै आएका छन् ।
अनधिकृत अध्यक्षको पगरीको आडमा राणाले पार्टीको कार्यकर्ता, विभिन्न निकायहरु र जनताबीच राप्रपा अध्यक्ष भनि गरेको भ्रमपूर्ण प्रचार बारे सचेत हुन चन्दले अनुरोध गरेका छन् ।
करिब एक वर्षदेखि राप्रपा भित्र नेतृत्व विवाद चल्दै आएको छ ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान