काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणका लागि गठन गरिएको प्रस्ताव निर्माण (प्रश्नावली)समिति विघटन सत्तारुढ दलसँग वार्ताको ‘बटमलाइन’ भएको बताएका छन्। ३० दलीय विपक्षी मोर्चाका संयोजकसमेत रहेका दाहालले समिति विघटन भए वार्ताको वातावरण बन्ने जिकिर गरे ।
उनले प्रश्नावली समितिलाई ‘बेकारको समिति’ को संज्ञा दिए। ‘कांग्रेस–एमालेलाई भनिसकेको छु, यो बेकारको समिति हो,’ शुक्रबार विराटनगरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, ‘जनतालाई हैरान बनाउने प्रश्नावली समिति विघटन गरौं वा निलम्बन गरौं।’
समिति खारेज नगरे सत्तारुढ दल कांग्रेस–एमालेका शीर्ष नेताले सार्वजनिक वक्तव्य निकालेर ‘शान्ति सम्झौता र १२ बुँदे सहमतिबाट टाढा जाँदैनौं’ भनेर प्रतिबद्धता जनाउनुपर्ने दाहालको माग छ । ‘यो दुईटा काम भयो भने वार्तामा बस्छौं,’ उनले भने, ‘हामीले हेर्दा सहमति टाढा छैन, कांग्रेस–एमालेका केही नेताले सहमति भाँडेका मात्र हुन् ।’
संविधानसभाबाट नभागेको बताउँदै उनले संविधानसभाबाटै संविधान बनाउनुपर्छ भनेर आफूहरुले बलिदानी गरेको बताए । उनले माघ ५ मै शासकीय स्वरुप र संघीयतामा मोटामोटी सहमति भइसकेको जानकारी दिँदै भने, ‘सहमति हुनै लागेको देखेर कांग्रेस–एमालेका केही नेता आत्तिए, प्रक्रियामा लगेर हामीलाई धकेल्ने र भित्तामा पुरयाउने प्रयास भएकै हो ।’
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान