लन्डन । बेलायतमात्र होइन, देश विदेशमा समेत परिचित छन् सपनकुमार राई । बेलायतमा नेपाली कला-संस्कृति र गीत संगीत प्रवर्धनमा निरन्तर समर्पित कम्पनी सपन इन्टरटेनमेन्टका निर्देशक हुन् राई ।
सफल डिजेको परिचय समेत बनाएका उनी बेलायतमा विभिन्न कार्यक्रममा नेपाली, हिन्दी गीत प्रस्तुत गरिरहेका भेटिन्छन् । यहांका नेपालीमाझ एक कुशल गायकका रुपमा परिचित राईले वरिष्ठ गायिका मिरा राणाको सहकार्यमा लन्डनमा एक नयां गीत रेकर्ड गराएका छन् ।
गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको ‘संगै जीउने संगै मर्ने…’ बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ । गीत रेकर्डिङका क्रममा शब्दहरुको सही उच्चारण लगायत प्राविधिक पक्षमा वरिष्ठ गीतकार एवं फिल्मकर्मी चिकित्सक डा. भोला रिजालले समेत सहयोग गरेको गायक राईले जनाए ।
अहिले सम्पादनका क्रममा रहेको गीत दुई साताभित्रै सार्वजनिक गरिनेछ । गायक राई उक्त गीत ’सेन्टिमेन्टल प्रेम गीत’ रहेको बताउंछन् ।
मिरा राणा जस्तो अग्लो उचाईंको कलाकारसंगको सहकार्यबाट उनी निकै उत्साहित छन् । ‘केहि समय पहिला मैले लण्डनकै कुनै स्टेजमा गाउँदै गर्दा मिरा राणा दिदीले नोटिस गर्नुभएको रहेछ’-गायक राईले भने, ‘अहिले उहाँले आफ्नै संगीत गर्नुभएको गीत मलाई गाउने मौका दिंदा म पुरस्कृत भएजस्तै महसुस गरेको छु ।’
लण्डन साउथहलस्थित ‘कुलजीत भमरा’ स्टुडियोमा गीत रेकर्ड गराइएको हो । जुन स्टुडियोमा जगजीत सिंह, पंकज उदास, कुमार सानु, सोनु निगमसहितका बलिउडका प्रख्यात गायकहरुले गीत रेकर्ड गरिसकेका छन् ।
अहिलेसम्म डेढ दर्जन बढि गीत रेकर्ड गराइसकेका गायक राईले ‘प्रतीक’, ‘सलुट’ र ‘मिलेनियम सौगात’ लगायत सांगीतिक एल्बम पनि सार्वजनिक गरिसकेका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते